• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कक्षामा ५ सय विद्यार्थी अगाडि अचानक पोर्न भिडियो ‘प्ले’ भएपछि

टोरोन्टो । क्यानडाको एक विश्वविद्यालयमा कक्षामा पढाइका दौरान अचानक पोर्न भिडियो ‘प्ले’ भएपछि विद्यार्थी तथा प्राध्यापक अक्क न वक्क परे । टोरन्टो सन पत्रिकामा प्रकाशित खबरअनुसार, कक्षामा ५ सयभन्दा बढी विद्यार्थी थिए र मनोविज्ञान विषय पढाइ भइरेको थियो । 

पढाइको गम्भिर चर्चाका बीच प्राध्यापकको गल्तीले अचानक एक पोर्न भिडियो प्ले हुन पुग्यो । पोर्न भिडियो चलेको देखेर केही विद्यार्थी संकोचमा परे भने केही हाँस्न थाले । कुनै विद्यार्थीले भने स्न्याप च्याट र अन्य सामाजिक सञ्जालमा यस घटनाको भिडियो सेयर गर्न भ्याए ।  

कक्षामा यो गैरउद्देश्य तरिकाले भएको र उनको उद्देश्य कसैलाई मनोरञ्जन दिनु वा कसैको ध्यान भड्काउनु नभएको अर्का प्राध्यापक स्टिभ जोर्डनले बताएका छन् । 
केही विद्यार्थीलाई लापरवाहीका कारण यस्तो भएको हो भन्ने लाग्छ, त्यस्तै केही विद्यार्थीले भने विद्यार्थीको ध्यान खिच्नका लागि एक राम्रो कदम भएको बताउँछन् । 

विश्वविद्यालयको तर्फबाट जारी बयानमा भनिएको छ, ‘हामी यसप्रकारका निजी घटनामा कुनै पनि प्रकारको प्रतिक्रिया दिनु उचित ठान्दैनौँ । यदि कुनै विद्यार्थीमा यसकारण कुनै असहज स्थिति देखिएको छ भने हामी उनलाई विश्वविद्यालयको स्वास्थ्य विभागमा काउन्सिलिङका लागि सल्लाह दिन्छौँ ।’ (एजेन्स) 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर