• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

२० वर्षे सांगितीक यात्रामा पुरा भयो मल्लको ‘एकल साँझ’ को सपना 

संगीता कुवँर/जापान । गीत  संगितमा २० वर्ष बताईसकेका जो कोहि कलाकारको सपना जस्तै हो ‘एकल साँझ’ को आयोजना गर्न सक्नु । संगीतमा दुई दशक पुरा गरेपछि बल्ल गायक एवम् संगितकार रामकृष्ण बम मल्लको एकल साँझ गरेर दर्शक र श्रोता झुमाउने सपना पुरा भयो । 

टोकियोमा गायक एवम् संगितकार रामकृष्ण बम मल्लले ‘एकल साझ’ साच्चीकै ‘सुन्दर साझ’ बनाए । त्यो पनि लोक दोहोरी प्रतिष्ठान नेपालको कल्याणकारी कोषको स्थापना गर्न । एउटा फराकिलो निस्वार्थ सामाजिक भाव बोकेर गायक मल्लले आयोजना गरेको एकल साझमा टोकियोका नेपालीले साथ दिए । टोकियोको मेघुरो कुमिन सेन्टरमा मंगलबार एउटा सुन्दर साझ’संगितको साँझ उज्यालो साँझ बन्यो । 

नेपाली संगितलाई माया गर्ने मात्र नभएर गायक मल्लको सामाजिक भावनालाई प्रेम गरेर आउने नेपाली र जापानीको पनि कार्यक्रममा बाक्लो सहभागीता थियो । बाग्लुङको गल्कोटमा जन्मिएका मल्ल कर्म थलोका रुपमा जापान बसाई १० वर्ष बिताए । परदेशमा काम र सांगितीक यात्रालाई संगै डोहोर्याइरहेका मल्लले गरेको यो प्रयासको सबैले प्रशंसा गरे । बाध्यबाधनमा जापानीहरु सहितको प्रस्तुती रहेको साँझमा उनले थुप्रै गित गाए । 

 ‘मुटु भित्र नेपाल छ की नेपाल भित्र मुटु’उनले गाएको पहिलो गीतले हलमा भरिएकोहरुको मन नेपाल पुगिसकेको थियो । गायक मल्लले ‘हामी सबै परदेश पसे देशमा कसले गर्छ’ गाउदै जादाँ आमालाई सम्झाए । रबिन शर्माले लेखेको ‘मेरि  आमा देउता पुज्दै कात्तै होलिन बत्ती’ यस्तै यस्तै आमा,देश, प्रेमिका, मिलन, बिछोडका गित मात्रै गाएनन सालैजो र यानीमाया गित गाउन समेत भ्याए । टोकियोमा पछिल्लो समय नेपालबाट कलाकार ल्याएर गरिने नाच गानमा मात्रै भेला हुने नेपाली यसपटक फरक स्वादको एकल साँझको मिठो स्वाद चाख्न पाए । नेपाली गीतसंगितमा परदेशमा बसेर गाउने र लेख्नेहरुको संख्यात्मक रुपमा बढिरहेको बेला पछिल्लो पुस्तापनि सांगितीक क्षेत्रमा राम्रो गर्न सक्छन संगितबाटै  सेवा पनि दिन सकिन्छ भन्ने उदाहरण मल्ल बनेका छन् । 

 मल्ललाई ताकामुरा, रिषि पौडेल, खडक पुन, ईशिहारा, कोनिता,ईरिए भरत सुनार र मुनु पुनले बाध्यबादनमा साथ दिए । कार्यक्रममा नेपाली राजदुतावासका पुर्व राजदुत मोहन कृष्ण श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष टासि लामा, नेपाल हाईकु केन्द्रका अध्यक्ष राम कुमार पाडेँ नेपाल र नेपाललाई माया गर्ने हारुहितो नोजु लगायतको उपस्थिती थियो । गायक मल्लले एकल साझबाट उठेको रकम कलाकार कल्याणकारी कोषको लागी सहयोग गर्नेछन् ।

 

तस्बीर: संगीता कुवँर

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर