जिल्लामा एकिकरणका लागि नेकपाकाे कार्यदल गठन

नेहा झा/जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटीले जिल्ला तहमा एकिकरणका लागि प्रत्येक जिल्लामा कार्यदल गठन गरेको छ । 

जनकपुरधाममा पत्रकार सम्मेलन गरी प्रदेश संयोजक प्रभु साहले जिल्ला तहमा समेत एकिकरण गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरिएको जानकारी दिएका छन् । उनले पूर्व एमाले तथा पूर्व माओवादी दुबै दलबाट पर्ने गरी कार्यदल गठन गरिएको बताए । 

धनुषाका लागि श्रवण यादव, रामचन्द्र मण्डल, श्रीप्रसाद साह र राजकिशोर यादव सम्मिलित कार्यदल गठन गरिएको हो । त्यस्तै महोत्तरीमा योगनारायण यादव, शौखीलाल यादव, राजु खड्का र तुलसी ढुंगाना, सर्लाहीमा कमला देवी महतो, रेवती पन्त, शिव पुजन यादव, सिरहामा लिलानाथ श्रेष्ठ, प्रमोद यादव र अजयशंकर नायक सम्मिलित कार्यदल गठन गरिएको हो । 

पर्सामा रामचन्द्र साह, प्रभु हजरा, विजय महतो र छोटेलाल यादव, बारामा गोपाल ठाकुर, क्षेत्रबहादुर श्रेष्ठ, बलविर चौधरी र सुन्दर विश्वकर्मा, रौतहटमा युवराज भट्टराई, उपेन्द्र साह, कल्याण खडका र कमल यादव, सप्तरीमा अशोक कुमार मण्डल, महेश यादव, रामप्रित पासवान र गोविन्द न्यौपानेको नेतृत्वमा कार्यदल गठन गरिएको हो । 

यता प्रदेश २को संसदीय दलको नेता चयनका लागि समेत सहमति जुटाउने प्रयास शुरु गरिएको छ । पूर्व एमाले तथा पूर्व माओवादीको संसदीय दलको नेता तथा सचेतकलाई बसाएर सहमतिको प्रयास जारी रहेको नेकपाको प्रदेश संयोजक प्रभु साहले जानकारी दिए । 

सहमति नभए चुनावी प्रकृयाबाट संसदीय दलको नेता चयन गरिने प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले बताए । उनले अहिले प्रदेशको विधान तयार पार्ने कार्यलाई प्राथमिकता दिएर अगाडी बढि रहेको बताए । विधान निर्माण पछि संसदीय दलको नेता चयनको विषयमा बहस अगाडी बढाइने उनको भनाइ छ । 

संसदीय दलको नेता चयन गर्न असहज हुने अवस्थामा कातिक ६ गते प्रदेश कार्यालयको उदघाटन पश्चात चुनावी प्रकृयामा जाने एक नेताले बताए । 

याे पनि...

  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर