दिपक बज्राचार्य भन्छन्, ‘आउने भए अहिल्यै आइदेउ, नभए चाहिँदैन’

काठमाडौं । ‘मन मगन’को अत्यधिक सफलता पछि चर्चित गायक दिपक बज्राचार्यको नयाँ गीत बजारमा आएको छ ।

‘वर पर’ बोलको नयाँ गीतको लिरिकल भिडियो सोमबार युट्यबमा राखिएको छ । गीतमा संगीत तथा आवाज दिपक बज्राचार्यको रहेको छ भने यसमा शब्द रिकी शाक्यको रहेको छ । गीतलाई रिदम ब्याण्डले ‘अरेन्ज’ गरेको हो । पप गीतमा स्थापित गायक बज्राचार्यले पछिल्लो समय नेपाली, नेवारी तथा विभिन्न लोकबाजाको प्रयोग गर्ने गरेका छन् ।

यसअघि सार्वजनिक ‘मन मगन’ गीतमा उनले नेवारी परम्परागत बाजाहरुको प्रयोग गरेका थिए । उक्त गीत युट्युबमा ५८ लाख भन्दा धेरै पल्ट हेरिएको छ भने ५६ हजारले उक्त भिडियो लाइक गरेका छन् । नयाँ गीत पनि धेरैले मन पराउने अपेक्षा गरिएकाे छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर