• बुधबार ७-७-२०७५/Wednesday 10-24-2018/ 11:27 am

यौन हिंसाविरुद्ध विश्वभर फैलिँदो ‘मी टू’ अभियानले भारतमा तरंग, नेपालमा सम्भव होला ? 

काठमाडौँ । यौन हिंसा विरुद्ध हलिउडबाट सुरु भएको  ‘मी टू’ अभियानले अहिले छिमेकी भारतमा तहल्का मच्चाउँदैछ, विशेषगरी बलिउड र सञ्चार क्षेत्रमा । 

अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरसहित निर्देशक तथा कोरियोग्रफर विरुद्ध यौन हिंसाको आरोप लगाएपछि बलिउडमा मि टू अभियानले चर्चा पाएको हो । गएको महिना दत्ताले नाना पाटेकरसहितका माथि  सन् २००८ मा फिल्म शुटिङ्गका क्रममा यौन दुव्र्यवहार गरेको आरोप लगाइन् । दत्ताले फिल्मर्की विवेक अग्निहोत्रीमाथि पनि यौन उत्पीडनको आरोप लगाइन् । 

१० वर्षअघिको घटना बारे दत्ता डटेर बोल्न थालेपछि बलिउड विभाजित भयो । बलिउडका स्थापित हस्तीमाथि आरोप लागेकाले धेरै चुप बसे । बोलेका केहीले दत्ताको साथ दिए भने केहीले उनको विपक्षमा आफूलाई उभ्याए । बलिउडमा विभाजित प्रतिक्रिया पाए पनि सञ्चार क्षेत्रबाट भने दत्तालाई भरपुर साथ मिलिरहेको छ । 

दत्ताले निडर भएर आफूमाथि भएको भनिएको हिंसाबारे बोलेपछि भारतीय सञ्चारसहित अरु क्षेत्रका महिलाहरु पनि आफूमाथि भएका घटनाबारे बोल्न थालेका छन् । अहिलेको यो अवस्थालाई भारतमा मि टू अभियानको सुरुवातका रुपमा लिइएको छ । 
यसरी महिलाहरु मि टू अभियानको सहारामा बोल्न थालेपछि अहिले भारतमा नाम चलेका कालाकार, लेखक, संगीतकारदेखि संचारकर्मीसम्म आरोपको घेरामा आएका छन् । यौन हिंसाको आरोपले लोप्रीय लेखक चेतन भगत देखि संगीतकार कैलाश खेरसम्मलाई छोएको छ । 

क्वीन फिल्मका  निर्देशक विकास बहल, लेखक चेतन भगत र टाइम्स अफ इन्डियाका पूर्व कार्यकारी सम्पादक गौतम अधिकारी पछिल्लो पटक यौन हिंसाको मामिलामा तानिएका छन् । 


विकास बहलमाथि यौन हिंसाको आरोप लगाउने महिला फ्यानटम फिल्म प्रोडक्शन हाउसमा काम गर्थिन् । हफिङ्टन पोष्ट इन्डियालाई दिएको अन्तर्वार्तामा ति महिलाले विकास बहलले सन् २०१५ मा गोवाको एक होटलमा आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी छिन् । ति महिलाले आफूमाथि भएको यौन हिंसाबारे तत्काल अनुराग कश्यपसँग कुरा गरेको तर कश्यपले उनीमाथि कुनै कारवाही नगरेको बताएकी छिन् । 

सन् २०१७ मा उनले फ्यान्टम प्रोडक्सन छोडिन् । अनुराग कश्यपले ‘त्यतिबेला जे भयो गलत भयो’ भन्ने टिप्पणी हफिङ्टन पोष्टसँग गरेका छन् ।  उनले भनेका छन्, ‘हामीले त्यतिबेला उक्त घटनालाई सहि तरिकामा ह्याण्डल गरेनौँ । हामीले केही गर्न सकेनौँ, म आफूबाहेक अरुलाई आरोप लगाउन सक्दिन तर आइन्दा घटनालाई ठिकसँग ह्याण्डल गर्ने प्रतिवद्धता जनाउँछु ।’ कश्यपले भनेका छन्, ‘म ति महिलालाई पूर्ण समर्थन गर्छु र मलाई उनीमाथि पूर्ण विश्वास छ । बहलले जे गरे त्यो निकै डरलाग्दो काम हो । हामी अब यो मामिलामा जतिसक्छौँ त्यति कारवाही गर्छौँ ।’ 

अनुराग कश्यपले फ्यान्टम प्रोडक्शन हाउस बन्द गर्ने घोषणा ट्वीटरमार्फत गरेका छन् । विकास बहलमाथि ‘क्वीन’ की अभिनेत्री कंगना रनौतले पनि आफूलाई बम्बे भेलभेट फिल्मको प्रमोशनका क्रममा असहज महशुस गराएको आरोप लगाएकी छन् । 

यसैबीच एक महिलाले लोकप्रिय लेखक चेतन भगतमाथि पनि यौन हिंसाको आरोप लगाएकी छन् । उनले भगतसँग च्याटमा भएको कुराकानीको स्कृनशट सामाजिक संजालमा पोष्ट गरेकी छन् । कुराकानीमा चेतन भगतले आफू विवाहित भएको कुरा जनाउँदै महिला माथि प्रेम भाव जनाएको देखिन्छ । चेतन भगतले तत्काल त्यसको प्रतिक्रिया फेसबुकमा एउटा लामो पोष्ट लेखेर दिएका छन् । चेतनले लेखेका छन्, ‘मैले मित्रतापूर्ण सम्बन्धलाई बुझ्न सकिन । मलाई उनीप्रति निकै लगाव थियो । यस सन्दर्भमा मैले आफ्नी श्रीमतीसँग पनि माफी मागिसकेको छु ।’ 

टाइम्स अफ इन्डियाका पूर्व कार्यकारी सम्पादक गौतम अधिकारीमाथि एक महिलाले आफूलाई विना अनुमति चुम्बन गर्न खोजेको आरोप लगाएकी छन् । टाइम्स अफ इन्डियाको हैदरावाका रेजिडेन्ट एडिटर के आर श्रीनिवासमाथि पनि धेरै महिलाले यौन दुव्र्यवहारको आरोप लगाएका छन् । 
टाइम्स अफ इन्डियाले उक्त घटनाबारे छानविन भइरहेको र घटना पुष्टि भए कारवाही गरिने बताएको छ । यसअघि हिन्दुस्तान टाइम्सका राजनीतिक सम्पादक तथा ब्युरो चिफ नेपाली पत्रकार प्रशान्त झाको व्यवहारले पनि आफूलाई असहज पारेको महिला कर्मचारीले बताएकी थिइन् । हिन्दुस्तान टाइम्सले पनि घटनाबारे सोमबारदेखि छानविन सुरु गरेको बताएको छ । 

कसरी सुरु भयो मि टू अभियान ? 
अमेरिकी सामाजिक अभियन्ता तराना बुर्केले सन् २००६ मा ‘मी टू’ शब्दावलीको प्रयोग सबैभन्दा पहिले गरेकी थिइन् । उनले सामाजिक ञ्ंजाल ‘माइ स्पेस’ यसको सुरुवात गरेकी थिइन् । 


यौन हिंसामा परेका महिलालाई सहानुभुति मार्फत सशक्तिकरण गर्ने तथा उनीजस्तै अरु पनि त्यस्तै समस्यामा परेका छन् भन्ने देखाउन बुर्केले यो शब्दावलीको प्रयोग गरिन् । एक १३ वर्षे बालिकाले आफूमाथि भएको यौन हिंसाको घटना सुनाउँदा निशब्द भएर बुर्केले ‘म पनि’ अर्थात ‘मि टू’ भनिन् जसले उनलाई यो अभियान सुरु गर्न प्रेरणा मिलेको बुर्के बताउँछिन् । 

तर सन् २००६ मै बुर्केले सुरु गरेको अभियान सन् २०१७ मा मात्र चर्चित भयो जतिबेला हलिउडकी नायीका अलिशा मिलोनाले ट्वीटरमा ह्यासट्याग मी टू प्रयोग गरेर एउटा ट्वीट लेखिन । उनले लेखेकी थिइन्, ‘यदि तपार्इँ यौन हिंसामा पर्नुभएको छ भने यो ट्वीटमा ‘मि टू’ कमेन्ट गर्नुहोस’ । यो ट्वीटपछि विश्वका महिला आफूमाथि भएको यौन हिंसाबारे बोल्न थाले । अहिलेपनि यौन हिंसामा परेका महिला ह्यासट्याग मि टू प्रयोग गरेर ट्वीट गरिरहेका छन् । यसले ठूलो अभियान र त्यसकै कारण टाइम्ज अप मुभमेन्ट पनि सुरु भएको मानिन्छ । 

मि टू अभियानले सार्वजनिक भएका यौन हिंसाका घटना 
एलिसाको ट्वीटपछि यसले धेरै महिलालाई आफू विरुद्ध भएको यौन हिंसाबारे बोल्न हौसला दियो । फलस्वरुप हलिउडका चर्चित अभिनेत्रीहरु पनि आफूमाथि भएको यौन हिंसाबारे बोल्न थाले । हलिउडका चर्चित निर्माता हार्वे वाइन्स्टिनमाथि धेरै महिलाले यौन हिंसाको आरोप लगाए र उनी अहिले विविध अनुसन्धानको घेरामा छन् । 

पछिल्लोपटक एक अमेरिकी महिलाले विश्व फुटबलमा उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डोमाथि यौन हिंसाको आरोप लगाएकी छन् । सन् २००९ मा लस भेगासको होटलमा भएको भनिएको घटनाबारे प्रहरीले अहिले छानबिन गरिरहेको छ । रोनाल्डोमाथि आरोप लगाउने महिलाका वकिलले उनी मि टू अभियानबाट प्रभावित भएर बोल्न सकेको बताएका छन् । 

वाइन्स्टिनमाथि अभिनेत्री एस्ली जडले यौन दुव्र्यवहारको आरोप लगाइन् । उक्त समाचार न्युयोर्क टाइम्सले छाप्यो । उनीमाथि एक पछि अर्को गर्दै यौन दुव्र्यवहारका आरोपको सार्वजनिक हुन थाले । उनीमाथि एन्जेलिना जोली, कारा लियासहित दर्जनौ अभिनेत्रीहरुले यौन हिंसाको आरोप लगाए । फलस्वरुप वाइन्स्टिनले अदालतमा आत्मसमर्पण गर्नुपर्यो । यद्यपी उनले आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै आएका छन् । 

यी बाहेक पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससहित अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि  पनि यौन हिंसाको आरोप लागेको छ । बुसमाथि अभित्रेी हिथर लिन्डाले यौन हिंसाको आरोप लगाइन् । त्यस्तै ट्रम्पमाथि राष्ट्रपति बन्नुअघिदेखि लागेको यौन हिंसाका आरोपहरु फेरि दोहोरिएका छन् । 

डेली मेलकी पत्रकार जेन मेरिकले यौन दुव्र्यवहारको आरोप लगाएपछि युरोपमा वेस्टमिनिस्टरका तत्कालीन सुरक्षा सचिव माइकल फ्यालनले पदबाट राजीनामा थिए । 

दक्षिण कोरियामा सन् २०२२ पछि राष्ट्रपति बन्ने अपेक्षा गरिएका तत्कालीन गभर्नर अहं हि जङमाथि उनकै सहयोगी किम जी इयुनले बलात्कारको आरोप लगाइन् । जङविरुद्ध शक्तिको दुरुपयोग गरेको तथा बलात्कार र यौन दुव्र्यवहारको मुद्दा चलाइयो । त्यस्तै नोबल पुरस्कारका लागि समेत सिफारित भएका कवि को उनबारे पाठ्यपुस्तकमा राखिएका सामाग्री उनीमाथि बलात्कारको आरोप लगोपछि हटाइयो । 

अर्को घटनामा दक्षिण कोरियाली अभिनेता जो मिन कीले ८ जना महिलाले बलात्कार तथा यौन दुव्र्यवहारको आरोप लगाएपछि आत्महत्या नै गरे । 

नेपालमा पनि सुरु होला त यो अभियान ? 
पछिल्लो समय नेपालमा पनि यौन अपराधका घटनाहरु धेरै सार्वजनिक हुन थालेका छन् । महिला आफै यसबारेमा बोल्न सुरु गरेकाले पनि यौन हिंसाका घटना धेरै सार्वजनिक हुन थालेको बुझ्न सकिन्छ । पछिल्लो पटक कञ्चनपुरकी १३ वर्षे बालिका बलात्कार पछि हत्याको घटनाले देशभरि महिलामाथि हुने यौन हिंसा विरुद्ध आवाज उठाउने एक प्रकारको माहोल बनेको छ । 

स्वतन्त्र रुपमा नागरिकहरु निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दैै संगठित भइरहेका छन् । विरोधका सिर्जनात्मक तरिका पनि अपनाइरहेका छन् । भलै अपराधि अझै पक्राउ परेको छैन । सरकार यो वा त्यो बहानामा अनुसन्धान लम्ब्याइरहेको छ । सरकारले नै अपराधि लुकाइरहेको आरोप पनि नलागेको होइन । घटना भएको दुई महिनासम्म अपराधि पत्ता नलाग्दा आम जनता कतै सरकारले नै अपराधिलाई संरक्षण गरिरहेको त छैन भन्ने प्रश्न गर्न थालिसकेका छन् । 
अर्को तर्फ सरकारलाई दबाब दिन भने छोडेका छैनन् । कहिले सडकमा चित्र कोरेर त कहिले सडकमा कविता वाचन गरेर सरकारमाथि दबाब सिर्जना गर्ने क्रम जारी छ । राजनीतिक बाहेक सामाजिक मुद्दामा नागरिक कमै संगठित हुने हाम्रो जस्तो समाजमा निर्मला बलात्कार तथा हत्या प्रकरणले समाजिक अपराध अन्त्यका लागि अहिले नागरिक एक जुट भएका छन् ।

 

दबाबको यहि लहर चलिरहँदा र भारतमा मि टू अभियानले नाम चलेका व्यक्तिको पर्दाफास गरिहँदा नेपालमा पनि मि टू अभियानले गति लिन सक्छ । कतिपयले कार्यस्थलमा भएको यौनदुव्र्यवहारको मुद्दा सामाजिक संजाल ट्वीटरमा उठाइसकेका छन् भने आफूमाथि भएका यौन हिंसाका घटनाबारे निर्धक्क भएर बोल्न समेत आह्वान गर्न थालिएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्रोत, साधन र जनशक्तिको अभावमा अभिलेखको संरक्षण हुन सकेन

  • ६ कार्तिक, २०७५

पूर्णप्रसाद मिश्र/काठमाडौं । स्रोत, साधन एवं जनशक्तिको अभावमा पुरातात्विक, ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण अभिलेखको संरक्षण हुन सकेको छैन ।

बडादसैंको मौलिकता हराउँदै, देखावटी प्रवृत्ति बढ्दै

  • २ कार्तिक, २०७५

धनगढी । नेपालीहरुको महान् चाड बडादसैंको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न

रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधि जमरा

  • २८ असोज, २०७५

नारायण न्यौपाने / काठमाडौं । बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । मुलुकमा शहरीकरणसँगै