• बुधबार ७-७-२०७५/Wednesday 10-24-2018/ 11:22 am

नेप्से परिसूचक उकालो लाग्यो, कारोवार रकम घट्यो

काठमाडौं ।  धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ९ दशमलब ९५ बिन्दुले बढेर एक हजार २ सय २८ दशमलब २८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २ दशमलब ३६ बिन्दुले बढेर २६१ दशमलब ४ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचकमा वृद्धि भए पनि कारोवार रकममा भने उल्लेखिय वृद्धि हुन सकेन । जम्मा १६५ कम्पनीको आठ लाख ६२ हजार ३ सय ६८ कित्ता शेयर २५ करोड २२ लाख ९१ हजार ५ सय ४० रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । बिहीबार कूल दश उपसमूहको शेयर कारोवार भएकोमा दुई उपसमूहको शेयर कारोवार घटेको छ ।

होटल ३५ दशमलब ३८ र उत्पादन समूह १२ दशमलब ४३ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १२ दशमलब २७, विकास बैंक ११ दशमलब ८८, जलविद्युत १ दशमलब ९४, वित्त ५ दशमलब ७२, निर्जीवन बीमा ४९ दशमलब ४३, अन्य ५ दशमलब ३२, माइक्रोफाइनान्स ९ दशमलब ६ र जीवन बीमा ७ दशमलब ७७ बिन्दुले बढेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शेयर बजार ओरालो लाग्दै

  • ६ कार्तिक, २०७५

काठमाडौँ । धितोपत्र बजारमा  मंगलबार शेयरको मूल्यमा सामान्य अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक ३ दशमलब ४८ विन्दुले घटेर एक हजार २४१ दशमलब ६

सुनको मूल्य बढेसँगै कारोवार घट्दै

  • ६ कार्तिक, २०७५

काठमाडौँ । पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ । गत वर्ष बडादशँैमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक

तिहारमा १७ लाख मालाको माग, मुल्य पनि बढ्ने

  • ५ कार्तिक, २०७५

काठमाडौं । यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ ।  गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७