• बुधबार ७-७-२०७५/Wednesday 10-24-2018/ 11:47 am

हट्यो पोखराको एकीकृत सम्पत्ति कर, कर तिरिसकेकाको के हुन्छ ?

पोखरा । पोखरा महानगरपालिकाले लिँदै आएको एकिकृत सम्पत्ति करको व्यवस्था हटेको छ । चौतर्फी विरोध र अदालतको अंकुश पछि महानगर नयाँ कर प्रणालीमा जान बाध्य भएको हो । विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै एकिकृत सम्पत्ति कर खारेजी भएको हो । अबदेखि महानगरले सम्पत्ति कर र भूमीकर शीर्षकमा कर संकलन गर्नेछ ।

अनाधिकृत रुपमा महानगरले कर असुल गरेको भन्दै उच्च अदालत पोखरामा मुद्धा परेको थियो । मुद्धाको सुनुवाई गर्दै अदालतले एकीकृत सम्पत्ति कर नअसुल्न आदेश जारी गरेपछि महानगरले नयाँ बाटोबाट कर संकलन गर्न लागेको हो । पहिलेकै एकीकृत सम्पत्ति करका केही बुँदाहरु मिलाएर नयाँ कार्यविधि तयार गरिएको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । उनका अनुसार अब घर र घरले चर्चेको जग्गाको सम्पत्ति कर र त्यसबाहेकका जमिनमा भूमीकर लगाईनेछ ।

‘मालपोतले गरेको मूल्यांकनकै आधारमा कर संकलन हुने उनी बताउँछन् । मालपोतले सबै जग्गाको मूल्यांकन गरेको छ । त्यसैलाई आधार बनाएर करको दर निर्धारण हुन्छ, उनले भने ।’ कार्यपालिकाबाट कार्यविधि पारित भैसकेको र केही दिनमा राजपत्रमा निकालेपछि कार्यान्वयनमा लैजाने पौडेल बताउँछन् । असोज १७ गते देखि महानगरमा एकीकृत सम्पत्ति कर खारेजीमा परेको हो । यसअघि कर तिरिसकेका करदाताको चाहीँ आगामी बर्ष समायोजन गर्ने महानगरले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कांग्रेसको चियापान कार्तिक १६ गते 

  • ७ कार्तिक, २०७५

काठमाडौं । नेपाली काङ्ग्रेसले विजयादशमी, तिहार, नेपाल सम्वत् ११३९, छठलगायत पर्वका अवसरमा आउँदो कार्तिक १६ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

त्रिशूली–काठमाडौँ २२० केभी प्रसारणलाइनको तार विस्तार शुरु

  • ७ कार्तिक, २०७५

नुवाकोट । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल सर्किट’ प्रसारणलाइनका लागि विद्युतीय तार तान्न थालिएको छ । नुवाकोटको सूर्यमतीदेखि

नेकपा सचिवालय बैठक आज पनि 

  • ७ कार्तिक, २०७५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ । पार्टी एकिकरण भएको पाँच महिना भइसक्दा पनि तल्ला कमिटीहरुको भने