• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

एनआरएनएको पहिलो विधानसभा सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को विधानसभा काठमाडौंमा सुरु भएको छ । 

सन् २००३ मा स्थापनापछि पहिलो पटक विधानसभा मार्फत संशोधनको विषय प्रवेश गरेको प्रवक्ता भुषण घिमिरेले जानकारी दिए । यसअघि अधिवेशनमा विधानका विषयमा छलफल हुने गरेको भए पनि विधान संशोधनकै लागि केन्द्रित रहेर आयोजना भएको विधानसभा भने यो पहिलो हो ।

 सल्लाहकार डा हेमराज शर्माको संयोजकत्वमा बनेको विधान समितिले सभामा संशोधन प्रस्ताव पेश गरेको घिमिरेले जानकारी दिए । शुक्रबार दिनभर सो प्रस्तावमाथि छलफल हुनेछ । हाल तीन उपाध्यक्ष रहेकोमा थपेर विषयगत रुपमा पाँच उपाध्यक्ष पु¥याउने गरी संशोधन प्रस्ताव पेश गरिएको छ ।

 वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला हेर्ने गरी छुट्टाछुट्टै उपाध्यक्ष राख्न लागिएको हो । एनआरएनएको दुईवर्षे कार्यकाललाई तीन वर्षे बनाउने प्रस्तावमा उल्लेख छ । प्रति एक हजार सदस्य बराबर एक सय जना सम्मेलन प्रतिनिधि रहने गरेकामा यसपटक त्यसलाई समेत संशोधन गरिने प्रवक्ता घिमिरेले बताए । 

शुक्रबार पारित संशोधन प्रस्ताव तीन महिनापछि बोलाइने विशेष महाधिवेशनमार्फत अनुमोदन गरिने जनाइएको छ । 

विश्व विज्ञ सम्मेलन 

विधानसभापछि पहिलो ‘विश्व विज्ञ सम्मेलन’ शुक्रबार साँझदेखि सुरु हुँदैछ । साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । विज्ञ सम्मेलनमा कृषि, जलविद्युत यातायात, वातावरण प्रदूषण नियन्त्रण, ऊर्जा, पूर्वाधार विकास, व्यावसायिक शीप, स्वास्थ्य र शिक्षालगायतका विषयमा छलफल हुने एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए ।

गैरआवासीय नेपालीले विदेशमा सिकेको ज्ञान, सीपको उपयोग र यसमा आइपर्ने चुनौतीबारे छलफल तथा विभिन्न अध्ययन अनुसन्धान र अन्वेषणमा सहभागि विज्ञ, लगानीकर्ता र सरकारी प्रतिनिधिबीच अन्तक्र्रिया हुनेछ । सम्मेलनमा नेपालसँग जोडिएका विदेशी विज्ञ, परराष्ट्रविद्, नीति निर्माता, स्वतन्त्र बुद्धिजीवि, निजी क्षेत्रकोसमेत सहभागिता रहने जनाइएको छ ।

कूल १६० कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा ३५० प्रतिनिधि सहभागी हुनेछन । सम्मेलनले विदेशी भूमिमा सिकेको सीप र पूँजीलाई नेपालको विकासमा लगानी गर्न वातावरण तयार पार्ने विश्वास लिइएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर