• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

सुनकोशीमा बस दुर्घटना, एकजनाकाे मृत्यु

सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खस्दा एकजनाको मृत्यु भएकाे छ । दुर्घटनामा सात जनाको जीवितै उद्धार गरिएको छ । 


सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडाैंका लागि छुटेकाे सुपर वासुकी यातायातको ना ६ ख ९१२ नं को बस सुनकोशीमा खसेको हो । घटनाको थप विवरण आउन बाँकी छ । 

सुनकोशी नदीबाट स्थानीयवासी, प्रहरीको प्रयासमा सात जनालाई उद्धार गरी उपचारका लागि धुलीखेलतर्फ पठाइएको र नदीबाट एउटा शव निकालिएको स्थानीयवासी मीन श्रेष्ठले जानकारी दिए ।  

बसमा आठजना सवार रहेको र सात जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको उनले जानकारी दिए ।  

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र तीन जनाको अवस्था सामान्य रहेको जनाइएको छ । उनीहरु सबैको उपचारका लागि धुिलखेल पठाइएको उहाँले जानकारी दिनुभयो । दुर्घटनाको कारण थप विवरण आउन बाँकी रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर