नुवाकोट । नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका ५ गणेशस्थानमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए । बा १ ख ६३५६ नम्वरकोे बस दुर्घटनामा हुँदा बसमा सवार यात्रुमध्ये १५ जनाभन्दाबढी घाइते भएका छन् ।
दुर्घटनामा घाइतेमध्ये ११ जनालाई उपचारका लागि काठमाडौं ग्रीनसिटी अस्पतालमा ल्याइएको छ । घाइतेमध्ये नुवाकोटका ४४ वर्षीय पाण्डव थापा, ३४ वर्षीय रुपलाल तामाङ, २७ वर्षीय रोशन गौतम, २९ वर्षीय गणेश थापा, ८० वर्षका बृद्ध लेक बहादुर पण्डित र ४७ वर्षीय हटराज श्रेष्ठलाइ उपचारका लागि काठमाडौं ल्याइएको छ ।
यस्तै, २५ वर्षकी अन्जु अधिकारी, ३५ वर्षकी सिता थापा, १० वर्षीया बालिका एलिसा अधिकारी, २७ वर्षीया विरु तामाङ र १६ वर्षीया सुष्मिता थापाको ग्रीनसिटी अस्पतालमा उपचार भैरहेको छ । गणेशस्थानको छेरी खोलामा आइपुग्दा बस अनियन्त्रित भएर १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने
बाजुरा । लगातारको हिमपातसँगै वर्षाका कारण एक महीनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका
काठमाडौं । ‘भूमिहीन दलितलाई’ जग्गा उपलब्ध गराउन कुनै सुरसार नदेखिएपछि दलित चिन्तित देखिएका छन् । ‘भूमिसम्बन्धी (सातौं संशोधन) ऐन २०७५’ ले
प्रतिकृया दिनुहोस