‘मंसिर महिनामा’ कसलाई झ्याँई पारी लान्छु भन्दैछन् निशान भट्टराई ? (भिडियोसहित)

काठमाडौं । नेपाल आइडलको पहिलो सिजनको फर्स्ट रनरअप गायक निशान भट्टराई अभिनेत्री एलिशा राईलाई ‘झै पारी लान्छु तिमीलाई मंसिर महिनामा’ भन्दैछन् । अचम्ममा नपर्नु होला, निशानले यस्तो गीतमा मार्फत् एलिशालाई भनेका हुन् । 

लाने र जाने महिना मंसिर नजिकिँदै गर्दा युवा मनको भावलाई व्यक्त गर्ने निशानको आवाजमा रहेको ‘मंसिर महिनामा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनी एलिसालाई उमेर ढल्किएको भन्दै मंसिरमा झ्याई पारी लाने कुरा बताएका हुन् । 

संगीत तथा शब्द आर.बी लामाको रहेको यस गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । राम कुमार केसीले गीतको भिडियो छायांकन गरेका छन् भने संपादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका छन् । 

राज महर्जनको कोरियोग्राफीमा एलिशासँगै निशानले पनि गज्जबले कम्मर मर्काएका छन् । 


प्रतिकृया दिनुहोस

सम्बन्धित खवर