• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 07:26 pm

सुपथ मूल्यमा च्याङ्ग्रा र खसीबोका बिक्री हुंदै

काठमाडौं । नेपाल खाद्य संस्थानले आजदेखि च्याङ्ग्रा र खसीबोका बिक्री गर्न थालेको छ ।

संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी  ७ सय र खसीबोका ५ सय मूल्यमा बिक्री हुन थालेको हो । दसँैका लागि मुस्ताङबाट एक हजार च्याङ्ग्रा र मकवानपुरबाट एक हजार खसीबोका ल्याउन लागिएकोमा अहिले करीब ९ सय च्याङ्ग्रा र ३ सय खसीबोका बिक्री गर्न थालिएको र अन्य आउने क्रममा छन् ।

 च्याङ्ग्रा र खसीबोका ल्याइएका सम्बन्धित स्थानका जिल्ला खाद्य समितिले स्थानीय बजारको मागका आधारमा मूल्य निर्धारण गरी कृषकबाट खरीद गर्ने गर्दछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा उक्त समितिको बैठक बस्ने गर्छ । दसैँको बेला उपत्यकामा मासुको अत्याधिक माग बढ्ने हुँदा त्यसको आपूर्तिमा सन्तुलन कायम गर्न संस्थानले विभिन्न जिल्लाबाट खसीबोका र च्याङ्ग्रा खरिद गरी ल्याएर उपभोक्तलाई बिक्री गर्दै आएको छ । 

यस कार्यले बजारमा बिचौलियाको न्यूनीकरण हुने र मूल्य माथिको एकाधिकार अन्त्य गर्न सहयोग पुग्ने महाप्रबन्धक गौचनले बताए ।  यही असोज ३० गतेसम्म ती चौपाया बिक्री गरिने छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मित्रराष्ट्रबीचको सम्बन्ध बढाउन ‘गीत र संगीतको एक साँझ’

  • ११ फाल्गुण, २०७५

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार दक्षिण एसियाका सबै देशहरुसँग साँस्कृतिक सम्बन्ध बढाउन आतुर रहेको

हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग वार्ता गर्नुपर्ने–उपसभापति गच्छदार

  • ११ फाल्गुण, २०७५

विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने

एक महीनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध

  • ११ फाल्गुण, २०७५

बाजुरा । लगातारको हिमपातसँगै वर्षाका कारण एक महीनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ ।  सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका