• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सरकारको आलोचना भइरहँदा प्रचण्ड भन्छन् ‘गर्व गर्न लायक काम भएको छ’

 काठमाडौं ।  सरकारको चौतर्फी आलोचना भैरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने गर्व गर्न लायक काम भैरहेको दाबी गरेका छन् ।

 काठमाडौं कागेश्वरी मनहरा नगरपालिका, आलापोटमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले निर्वाचनपछि सरकार बनेको सात महिनाको अबधिमा महत्वपुर्ण विकासका काम सुरु भएको दाबी गरे । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालको भावी विकासमा नेपाल र भारतसँगको सम्बन्धले चित्र दिने भन्दै त्यो चित्र हालै प्रधानमन्त्री ओलीको चीन र भारत भ्रमणले प्रष्ट पारेको भन्दै सयौ वर्षदेखिका समस्या समाधानतर्फ अघि बढेको बताए । 

प्रधानमन्त्रीको भारत र चीन भ्रमणका क्रममा भएका दुईपक्षीय समझदारी र सहमतिले नेपालको विकासको बाटो खोलेको प्रचण्डको भनाई छ । प्रचण्डले भने, ‘एउटा भुपरिवेष्टित देश दुइवटा विशाल छिमेकीको बीचमा छ । उनीहरुसँगको सम्बन्ध र नेपालको विकासकोबीचमा गहिरो अन्र्तसम्बन्ध छ ।’

अध्यक्ष प्रचण्डले वर्तमान सरकार र नेकपाप्रति आम जनताको विकास र सम्बृद्धिप्रति ठुलो आशा र भरोसा रहेको भन्दै त्यो भरोसालाई साकार पार्नुपर्ने बताए । उनले पार्टीे एकता अवसर र चुनौती दुवै भएको भन्दै त्यसैअनुसार सरकार सञ्चालन गर्नुपर्ने बताए । प्रधानमन्त्री र आफुबीच यहि विषयमा पहिला नै छलफल भएको भन्दै सुशासन, शान्ति र सम्बृद्धि प्रदान गर्नुको विकल्प नभएको बताए । 

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र आफुबीच काठमाडौ उपत्यका भित्रका सडकसमस्या केही समयभित्रै सल्ट्याउने संकल्प भएको बताए । ‘प्रधानमन्त्री जी र मेरो एउटा संकल्प छ । कि सभवन्दा पहिला काठमाडौ उपत्यकाभित्रका मुल सडकहरु केही महिनाभित्र अर्काे बर्ष कुर्नु नपर्नेगरी पिच गरिसक्ने र काठमाडौ नयाँ बनाएपछि नेपाल नयाँ बनाउने प्रकृया सुरु हुन्छ ।

यो संकल्प हामीले गरेका छौ’ अध्यक्ष प्रचण्डले भने,‘ केहि महिनापछि म फेरि यहाँ आउँदा पिच भएर सरर आउने बाताबरण बन्छ यो तपाइहरुसँग विश्वास व्यक्त गर्न चाहान्छु ।’ देशभर विकासको गति दिनुपर्ने अवस्था आएको भन्दै प्रचण्डले मोटरबाटो, रेल हवाइ जस्ता कनेक्टिभिटीको सिद्धान्त अनुसार गति बृद्धि गर्दै अघि बढने सरकारको तयारी रहेको बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर