• बिहीबार ३-१२-२०७६/Thursday 06-27-2019/ 08:24 am

गर्भवतीलाई स्वास्थ्य संस्था पुर्याउनेलाई भत्ता

ओखलढुङ्गा । ओखलढुङ्गाका स्थानीय तहले स्वास्थ्य सेवा प्रभावकारी बनाउन विभिन्न विधि अपनाएका छन् । सुनकोशी गाउँपालिकाले स्वास्थ्य संस्थामा बच्चा जन्माउनेलाई नगद एक हजार दिन थालेको छ भने सोही गाउँपालिकाको ९ नं वडा कार्यालयले शिशुलाई ब्लाङ्केट दिन थालेको छ । चम्पादेवीका केही वडामा आमालाई फरिया दिन थालिएको छ । 

मोलुङ गाउँपालिकामा भने स्वास्थ्य संस्थामा गर्भवती पु¥याउने स्वयंसेविकालाई भत्ता दिन थालिएको छ । गाउँपालिकाको वडा नं १ कुन्तादेवी र वडा नं ८ राँगादिपमा यो अभियान थालिएको हो । राँगादिपका स्वयंसेविकाले प्रतिगर्भवती बराबर ५०० रुपैयाँ र कुन्तादेवीकाले २५० रुपैयाँ पाउने भएका छन् । सुरक्षित मातृत्व कार्यक्रमलाई प्रभावकारी बनाएर मातृशिशुको मृत्यु हुन नदिन स्वयंसेविका परिचालन गरिएको मोलुङ–८ का वडा अध्यक्ष हरिकुमार राईले बताए । 

‘गाउँमा स्वयंसेविकाको भूमिका निकै प्रभावकारी छ । एक जना गर्भवती स्वास्थ्य संस्थामा ल्याएबापत उहाँहरुलाई प्रोत्साहनस्वरुप हामी ५०० रुपैयाँ दिन्छौँ ।’ प्रसूतिगृहमा मात्रै सुत्केरी गराउने दर बढाउने उद्देश्यले स्वयंसेविका भत्ता अभियान थालेको कुन्तादेवीका वडा अध्यक्ष प्रदीप बानियाँको भनाइ छ । स्वास्थ्य संस्था प्रमुख र दुई जना अनमीलाई गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य परीक्षण तथा पुनःजाचका लागि प्रत्येक महीना १०० रुपैयाँको रिचार्ज कार्ड सुविधा दिइने उनले बताए । 

राँगादिप र कुन्तादेवीका प्रसूति गृहमा प्रतिक्षालय व्यवस्था गरी एक जना कुरुवासहित गर्भवति र सुत्केरीका लागि खाना र बासकोसमेत व्यवस्था गरिएको छ । यदि गाउँको स्वास्थ्य संस्थामा उपचार सम्भव नभएर अन्यन्त्र पठाउनुपर्दा वडा कार्यालयले नै सबै सवारी खर्च व्यहोर्ने निर्णय गरेको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयले प्राविधिक सहयोगसँगै आवश्यक औषधि, औजार, कर्मचारी व्यवस्थापन र तालीम लगायतका सहयोग उपलब्ध गराउने भएको छ । 

जिल्ला स्वास्थ्य प्रमुख सुवेदीले भने, ‘स्थानीय सरकारलाई आवश्यक सुझाव दिने र सहकार्य गर्ने हाम्रो नीति छ । दुर्गम जिल्ला ओखलढुङ्गाको स्वास्थ्य सेवा प्रभावकारी बनाउन सक्नु अहिलेको पहिलो आवश्यकता हो ।’ 

 सुरक्षित मातृत्व, पोषण र स्वास्थ्य सचेतनाका कार्यक्रमलाई प्राथमिकता दिइएकोे सुवेदीले बताए । 
कुन्तादेवी र राँगादिपमा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । नियमितरुपमा स्वास्थ्यकर्मीले विद्यालयमा गएर कक्षा लिनेछन् । प्रत्येक वडामा गर्भवती महिलालाई प्रसूतिका लागि स्वास्थ्य संस्थामा पठाउन समितिसमेत गठन गरिएको छ । 

घरैमा सुत्केरी गराउनेक्रम रोक्ने विषयमा जनप्रतिनिधि, व्यवस्थापन समिति, स्वयंसेविका आमा समूह, महिला सञ्जाल र स्वास्थ्यकर्मीको छलफलबाट आएको सुझावका आधारमा यो निर्णय गरेर लागू गरिएको गाउँपालिका अध्यक्ष मणिराज राईले बताए । यो अभियान पालिकाका अन्य वडामा पनि सञ्चालन हुने जनाइएको छ ।

– पूर्णप्रसाद न्यौपाने (रासस)
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 विश्वकर्मा समाज गर्यो सपुतलाई अपमान गर्नेलाई कारवाहीको माग

  • ११ असार, २०७६

बागलुङ ।  गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ

छात्राहरुका लागि लोकसेवा आयोगको तयारी कक्षाको उद्घाटन

  • ११ असार, २०७६

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले छात्राहरुका लागि लोक सेवा आयोगको तयारी कक्षाको उद्घाटन गरेका छन् ।  छात्राहरुलाई पनि सरकारी सेवामा प्रवेश

तेह्रथुममा एकसय बढि कांग्रेसका नेता तथा कार्यकर्ता नेकपा प्रवेश

  • १० असार, २०७६

तेह्रथुम । तेह्रथुमको फेदाप गाउंपालिका-२, ओयाकजुंङबाट नेपाली कांग्रेस पार्टी परित्याग गर्दै एक सय बढि नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा