• शनिबार ११-११-२०७५/Saturday 02-23-2019/ 06:25 pm

जापानी प्रधानमन्त्रीको चीन भ्रमण

बेइजिङ । जापानका प्रधानमन्त्री सिन्जे आबे यही महिनाको अन्त्य तिर चीन जाने भएका छन् । औपचारिक भ्रमणका लागि उनी यही अक्टोबर २५ देखि २७ तारिखसम्म चीन जान लागेको समाचारमा जनाइएको छ । 

चिनियाँ प्रधानमन्त्री लि क्वाङको निमन्त्रणामा जापानी प्रधानमन्त्री आबे चीन भ्रमणमा आउन लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले शुक्रबार जानकारी दिए । 

दुई पक्षको आपसी सम्बन्धमा थप सुधार गर्न, विश्वासको वातावरण बढाउन, विविध पक्षमा सहकार्य गर्न र आदान प्रदान गर्न आबेको भ्रमण फलदायी हुने चिनियाँ पक्षको विश्वास छ । 

जापानका प्रधानमन्त्रीले सात वर्षपछि चीनको भ्रमण गर्न लाग्नु भएकाले यसलाई महत्वका साथ हेरिएको पनि प्रवक्ता काङले बताए । 

चीन र जापानका बीचमा शान्ति तथा मित्रतासम्बन्धी सम्झौता भएको ४०औँ वर्ष पूरा भएको वर्ष भएकाले पनि यो भ्रमण महत्वपूर्ण रहेको उनको भनाई छ । लुका अनुसार भ्रमणका क्रममा आबेले चिनियाँ उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । 

भेटका क्रममा उनीहरुले दुई देशको आपसी सम्बन्ध र सहकार्य बाहेक अन्तर्राष्ट्रिय विविध विषयका बारेमा पनि छलफल गर्ने बताइएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिका आशावादी रहेको उत्तर कोरियासँगको अर्को एउटा बैठक

  • ११ फाल्गुण, २०७५

मोहिनी मिश्र रिसाल/काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताउँदै गत बुधबार भने, ‘आगामी

नयाँ राष्ट्रपति चयनका लागि नाइजेरियामा मतदान 

  • ११ फाल्गुण, २०७५

दाउरा । नाइजेरियामा नयाँ राष्ट्रपति चयनका लागि शनिबार निर्वाचन भएको छ ।  अघिल्लो हप्ता नै मतदान गर्ने तय भएपनि एक हप्ता पछाडी सारिएर यो शनिबार

भारतका सर्वाधिक धनी व्यक्तिको ४५ अर्ब डलरदेखि २ अर्ब डलरसम्मको यात्रा

  • ११ फाल्गुण, २०७५

काठमाडौं । सन् २००७ मा भारतका सर्वाधिक धनी दाजु–भाई मुकेश अम्बानी र अनिल अम्बानीमा अंश छुट्टिएको दुई वर्ष भएको थियो । त्यस वर्ष फोर्ब्सले धनी