• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

अक्टोवर क्रान्ति र वैज्ञानिक समाजवाद

 

कार्ल मार्क्स  र उनका सहयोद्धा फ्रेडरिक एङगेल्सले बेलायतमा औद्योगिक क्रान्तिपछि प्रतिस्पर्धात्मक अवस्थामा रहेको पूँजीवादी समाजको गहिरो अध्ययन गरे र के निष्कर्ष निकाले भने पूँजीवादमा उत्पादनको स्वरूप सामूहिक हुन्छ तर उत्पादनका साधन र सामाजिक श्रमको उपजमाथि स्वामित्वको स्वरूप निजी हुन्छ । मार्क्सका अनुसार यसरी उत्पादन सामूहिक हुने तर त्यसमाथिको स्वामित्व निजी हुने परस्परविरोधी कुराले उत्पादक शक्ति र उत्पादन सम्बन्धबीच बेमेल पैदा हुन्छ ।

उत्पादक शक्ति चाहिँ उत्पादनका साधन र उत्पादनमा सामूहिकता स्थापित गर्ने उद्देश्यले अघि बढ्न चाहन्छ, तर निजी स्वामित्वले त्यसको खुट्टामा नेल ठोक्छ । मार्क्सले पूँजीवाद सम्बन्धमा के पनि बताए भने अतिरिक्त श्रमको शोषण गरी बढी पूँजी सञ्चय गर्ने होडबाजीले पूँजीपतिहरूमाझ घाँटी रेट्ने प्रतिस्पर्धा हुन्छ । ठूला माछाले साना माछालाई खाएझैँ ठूला पूँजीपतिले सानालाई टाठ पल्टाउँदै जान्छन् । पूँजी थोरै व्यक्तिको हातमा केन्द्रित हुँदै जान्छ र अत्यधिक जनसंख्या निर्धनतातिर धकेलिन्छ ।

शासन गर्ने भनेको धनमानी वर्गले हो, जो पूँजीपति हुन्छ उही विजेता हुन्छ भन्ने पुरानो सोचाइमा अक्टोवर क्रान्तिले पानी खन्याइदियो । त्यसो भएकाले भन्नुपर्छ : मार्क्स एंगेल्सले प्रतिपादन गरेको सिद्धान्तलाई अक्टोवर क्रान्तिले व्यवहारिक रूप दियो ।

ठूल–ठूला मेसिन र विज्ञान प्रविधिको प्रयोगले एकातिर मालसामानको उत्पादन बढ्ने र अर्कोतिर मजदूरहरूको काम खोसी तिनलाई बेरोजगार बनाउने परिपाटीले एकातिर उत्पादन बढ्ने र र अर्कोतिर ठूलो संख्याले क्रयशक्ति गुमाउने बेमेलको परिस्थिति पैदा हुन्छ जसले पूँजीपति र मजदूर दुवै वर्गलाई तड्पाउँदै समय समयमा आर्थिक संकट सिर्जना गर्दछ । पूँजीवादको यस प्रकारको अन्तर्विरोधी चरित्रका कारण मजदूर वर्गसँग पुरानो उत्पादन पद्धति भत्काउनका लागि क्रान्तिमा लाग्ने बाहेक अर्को उपाय बाँकी रहन्न । त्यसो भएकाले पूँजीवादको पतन अनिवार्य छ । पूँजीवाद कुनै स्थायी व्यवस्था होइन । सामन्तवादको गर्भबाट जन्मिएको पूँजीवादी समाज जुन हिजो थिएन, भोलि पनि रहनेवाला छैन । 

मार्क्सले पूँजीवादको विकल्पका रूपमा समाजवादलाई अघि सारे । पूँजीवादको गर्भमा समाजवादको भ्रुण उत्पन्न भइसकेकाले त्यसले यसलाई विस्थापित गरी समाजवादको स्थापना गर्ने कुरा निश्चित छ भन्ने कुरा उनले अघि सारे । तर माक्र्सले भनेको समाजवाद काल्पनिक समाजवादीले कल्पना गरेको जस्तो होइन, न त यो पूँजीवादको स्वभाविक विकासबाट प्राप्त हुने संसदीय मोडलअनुरूपको लोकतान्त्रिक समाजवाद नै होे ।

यो हो वर्ग शत्रुसँगको जीवनमरणको संघर्षमा सर्वहारा वर्गको नेतृत्वमा अन्य क्रान्तिकारी वर्गसँग सहकार्य गरी बलप्रयोग गरेर प्राप्त हुने सच्चा समाजवाद ‘वैज्ञानिक समाजवाद’ जसको प्रमुख स्वरूप भनेकै सर्वहारा वर्गको शासन हो । यो भनेको शोषक वर्गमाथिको नियन्त्रण, क्रमिक रूपमा त्यसको उन्मूलन र उत्पीडित जनतालाई दिइने लोकतान्त्रिक हकअधिकार हो । यो भनेको सर्वहारा वर्गको शासन यन्त्रमा उत्पीडत जनताले प्राप्त गर्ने शासनको हिस्सेदारी हो । सर्वहारा वर्गले उत्पीडित जनता र स्वयं आफूलाई शोषणबाट मुक्त गरेर मात्र राज्यसत्ताकै अन्त्य गरेर वैज्ञानिक समाजवादको अन्तिम अवस्था साम्यवादमा समाजलाई पु¥याउँछ । 

कतिपय अवसरवादीले अक्टोवर क्रान्तिको मार्ग गलत भएकाले यसले स्थापित गरेको व्यवस्था ढल्न पुगेको हो भनी क्रान्तिमाथि नै दोषारोपण गरेका छन् । तर दोष अक्टोवर क्रान्तिको होइन, यसका निर्देशनहरू पालन नगरेकै कारण यसका उपलब्धीलाई गुमाउनु परेको हो । अक्टोवर क्रान्तिले देखाएको बाटो नहिँडेकै कारण समाजवादमा धक्का लाग्न गएको हो ।

कम्युनिस्ट पार्टीको घोषणापत्र र थुप्रै रचनाहरूमा उल्लेख भएको वैज्ञानिक समाजवाद माक्र्स एंगेल्सको परिकल्पना थियो अथवा भनौँ यो एक भविष्यवाणी थियो । हुन त मार्क्स एंगेल्सकै जीवनकालमा पेरिसका मजदूरहरूले बुर्जूवा सत्तामा धावा बोली ७२ दिनसम्म पेरिस कम्युनका रूपमा सर्वहारा शासन पद्धति खडा गरेका थिए । तर उक्त शासनपद्धति योजनाबद्ध क्रान्तिको उपज हुन नसक्दा अथवा विद्रोहको परिणाम हुँदा असफलतामा टुंगिएको थियो ।

लेखक

लेनिनको नेतृत्वमा सन् १९१७ को अक्टोवरमा जुन संसार थर्काउने समाजवादी क्रान्ति भयो, त्यो मार्क्सवादी सिद्धान्तको आलोकमा योजनाबद्ध रूपमा अघि बढाइएको क्रान्ति थियो जसले शोषकहरूको स्वर्गमा धावा बोल्यो र इतिहासमा निकै ठूलो हेरफेर ल्याइदियो । संसारका प्रत्येक कुनकाप्चाका त्यसको प्रभाव विस्तार भयो । शासन गर्ने भनेको धनमानी वर्गले हो, जो पूँजीपति हुन्छ उही विजेता हुन्छ भन्ने पुरानो सोचाइमा अक्टोवर क्रान्तिले पानी खन्याइदियो । त्यसो भएकाले भन्नुपर्छ : मार्क्स एंगेल्सले प्रतिपादन गरेको सिद्धान्तलाई अक्टोवर क्रान्तिले व्यवहारिक रूप दियो ।

अक्टोवर क्रान्तिको सामाजिक तथा सांस्कृतिक महत्व के मा पनि छ भने यसले मार्क्सवादलाई बदलिँदो समयमा सिर्जनात्मक ढंगबाट लागू ग¥यो । मार्क्स एंगेल्सले बेलायतमा औद्योगिक क्रान्तिपछि विकास भएको प्रतिस्पर्धात्मक चरित्रको पूँजीवादको अध्ययनको आधारमा धारणा बनाएका थिए ।

उनीहरूले पूँजीको चरम विकास भएको ठाउँमा सर्वहारा श्रमजीवी वर्ग चरम शोषणको सिकार हुने भएकाले त्यहाँ सबैभन्दा पहिले समाजवादी क्रान्ति हुन्छ भन्ने निष्कर्ष निकालेका थिए र यसका लागि औद्योगिक देशको सर्वहारा वर्गले क्रान्तिको नेतृत्व लिन्छ भनेका थिए । तर, मार्क्स एंगेल्सको निधनपछि पूँजीवाद एकाधिकार पूँजीवादमा बदलियो र पूँजी निर्यात गर्ने र प्रभाव क्षेत्र विस्तार गर्ने नीति लिँदै यो आखिरमा साम्राज्यवादमा परिणत भयो । साम्राज्यवादले उपनिवेश अथवा परिधिमा शोषण गरी त्यहाँका श्रमजीवीबाट हड्पेको अतिरिक्त मूल्यको एक हिस्सा साम्राज्यवादी केन्द्रका मजदूरहरूमा वितरण गरेर तिनलाई भुत्ते खुकुरीमा परिणत गर्यो । अब क्रान्तिको नेतृत्व कसले गर्ने सोचनीय परिस्थिति उत्पन्न भयो ।

उपनिवेशमा साम्राज्यवाद विरोधी स्वतन्त्रता संग्रामको थालनी भयो । साम्राज्यवाद धेरै औपनिवेशिक देशबाट लखेटियो । पूँजी निर्यात गर्न नपाएपछि यसको अर्थतन्त्र धरापमा प¥यो । पूँजीवाद रक्षात्मक अवस्थामा खुम्चन बाध्य भयो र त्यसलाई जोगाउन किन्सवादी अर्थशास्त्रीहरू समाजवादकै सिको गर्दै उदारवाद र बजार अर्थतन्त्रको विरुद्ध उभिन गई सरकारी हस्तक्षेप गुहार्न पुगे ।

यस्तो बदलिँदो परिवेशमा लेनिन लगायतका मार्क्सवादी नेताले मार्क्सवादको सिर्जनात्मक व्याख्या एवं प्रयोग गरे । अक्टोवर समाजवादी क्रान्ति त्यही मार्क्सवादी व्याख्या र प्रयोगकै परिणाम हो । यसले के देखाइदियो भने क्रान्तिका लागि पूँजीको विकास आवश्यक शर्त होइन, उद्योगधन्दामा पिछडिएको देशमा पनि समाजवादी क्रान्ति संभव छ । रुस पूँजीको विकासमा बेलायत, जर्मनी र फ्रान्सभन्दा धेरै पिछडिएको थियो । त्यहाँ औद्योगिक सर्वहारा वर्गको संख्या कम थियो र ठूलो भूभागमा कृषि अर्थतन्त्र प्रवल थियो ।

लेनिन लगायतका नेताले समाजवादी क्रान्तिको कुरा गर्दा मार्क्सकै फर्मुला कण्ठ गर्ने जडसुत्रवादीले त्यसमा आपत्ति जनाएका थिए । तिनको खण्डन गर्दै लेनिनले साम्राज्यवादी युगमा हुने समाजवादी क्रान्तिको व्याख्या गरे । लेनिनले जहाँ साम्राज्यवादको पकड कमजोर हुन्छ, जहाँ वर्गसंघर्ष विकास भएको हुन्छ र जहाँ चेतनशील सर्वहारा वर्गको लडाकु संगठन निर्माण भएको हुन्छ, त्यहाँ समाजवादी क्रान्ति संभव छ भन्ने कुरा बताउनुका साथै प्रयोग गरेर पनि देखाइदिए । उनले समाज परिवर्तनमा आर्थिक आधारको मात्र भूमिका हुने होइन, उपरीसंरचनाले पनि भूमिका खेल्छ भनी क्रान्तिमा सामाजिक तथा सांस्कृतिक पाटोको महत्वलाई पनि अघि सारे ।

लेनिनको नेतृत्वमा अक्टोवर समाजवादी क्रान्तिले दुई ऐतिहासिक कार्यभार पूरा गरी उद्योगधन्दामा पिछडिएको देशमा समाजवादी क्रान्तिलाई सफलतापूर्वक अघि बढायो । जमिन्दार र भूमिपतिविरोधी पूँजीवादी जनवादी क्रान्ति सम्पन्न गरी त्यसले पछौटे कृषि अर्थतन्त्रलाई रूपान्तरण ग¥यो र त्यसो गरेलगत्तै पछि सहकारी, सामूहिकीकरणको पद्धति अँगालेर पूँजीवादका आधारहरू भत्काउँदै समाजवादतर्फको यात्रा अघि बढायो । पेरिस कम्युनको अवधिमा बुर्जुवाले किसानलाई सर्वहारा वर्गको विरोधमा उभ्याएका थिए ।

त्यतिखेर पूँजीवादी सम्पत्तिमाथि हमला गर्नुको अर्थ आफ्नो सम्पत्तिमाथिको अधिकारको हनन हुन्छ भन्ने भ्रममा किसानहरू थिए । तर अक्टोवर क्रान्तिले किसानलाई समेत जमिन्दारी शोषणबाट मुक्त गरी त्यसलाई सर्वहारा वर्गको सहयोगी शक्तिका रूपमा विकास ग¥यो । समाजवादी क्रान्तिका थुप्रै कार्यभार मजदूर किसान एकतामा अघि बढाउन सकियो । यसरी पूँजीवादको असमान विकास भएको वातावरणमा लेनिनले जुन दुई क्रान्तिको सिद्धान्त प्रतिपादन गरे, त्यो विश्व कम्युनिस्ट आन्दोलनमा अमूल्य योगदान थियोे ।

अब कम्युनिस्ट पार्टीका सञ्चालक र राज्यका पदाधिकारी जनताका प्रतिनिधि बनेनन् तिनका मालिक बने । तिनले अन्तर्राष्ट्रिय रूपमा कतिपय निम्छरा देशको सार्वभौमसत्तामाथि हस्तक्षेप गरे र अनावश्यक हतियारको होडबाजीमा राष्ट्रको धन स्वाहा पारे । पार्टी सत्ताको आडमा तिनले सामूहिक सम्पत्तिमाथि व्यक्तिगत आधिपत्य जमाए ।

अक्टोवर क्रान्तिले केवल सोभियत संघका जनताको जीवनमा कायापलट ल्याएन, यो एउटा साँघुरो घेरामा मात्र सीमित भएन । एउटा देशमा क्रान्ति सम्पन्न गरेर यसले त्यहाँको सत्तामा परिवर्तन ल्याए पनि यसले विश्वस्तरमा क्रान्ति र चेतनाको छाल उत्पन्न ग¥यो । यस अर्थमा यो विश्वक्रान्तिको बाहक बन्यो । यसको प्रभावबाट पूर्वी युरोपका धेरै देशमा समाजवाद आयो । चीन, कोरिया, भियतनाम, मंगोलिया आदि एसियाली देशमा कम्युनिस्ट सत्ताहरू स्थापित भए ।

विश्वको दुई तिहाइ भूभाग समाजवादको प्रभावमा आयो । उपनिवेशमा साम्राज्यवाद विरोधी स्वतन्त्रता संग्रामको थालनी भयो । साम्राज्यवाद धेरै औपनिवेशिक देशबाट लखेटियो । पूँजी निर्यात गर्न नपाएपछि यसको अर्थतन्त्र धरापमा प¥यो । पूँजीवाद रक्षात्मक अवस्थामा खुम्चन बाध्य भयो र त्यसलाई जोगाउन किन्सवादी अर्थशास्त्रीहरू समाजवादकै सिको गर्दै उदारवाद र बजार अर्थतन्त्रको विरुद्ध उभिन गई सरकारी हस्तक्षेप गुहार्न पुगे ।

आज हामी अक्टोवर समाजवादी क्रान्तिको सतवार्षिक मनाइरहँदा यसको उत्थानमा टेकेर यसो गर्न पाएका छैनौँ । हामी फगत गौरवशाली इतिहासको स्मृतिमा कार्यक्रम गर्ने अवस्थामा छौँ । कतिपय अवसरवादीले अक्टोवर क्रान्तिको मार्ग गलत भएकाले यसले स्थापित गरेको व्यवस्था ढल्न पुगेको हो भनी क्रान्तिमाथि नै दोषारोपण गरेका छन् । तर दोष अक्टोवर क्रान्तिको होइन, यसका निर्देशनहरू पालन नगरेकै कारण यसका उपलब्धीलाई गुमाउनु परेको हो । अक्टोवर क्रान्तिले देखाएको बाटो नहिँडेकै कारण समाजवादमा धक्का लाग्न गएको हो ।

आज हाम्रो देशका प्रमुख कम्युनिस्ट पार्टीहरू अक्टोवर क्रान्तिको मार्ग अनुरूपको पार्टी निमार्णको दिशातिर लागेका छन् कि छैनन् ? ठेकेदार, एनजिओ सञ्चालक, प्राइभेट शिक्षालय र स्वास्थ्य संस्थाका सञ्चालकहरू आदिको बर्चस्व हुने पार्टीको कार्यदिशा आखिर कतातिर मोडिन्छ ? हाम्रा देशका कम्युनिस्ट पार्टी मेन्सेभिक ढाँचामा कार्यरत छन् कि बोल्सेभिक ढाँचामा ?

स्टालिनको नेतृत्वमा कम्युनिस्ट पार्टीले उच्च साहसका साथ बाह्य हमलालाई पराजित गरी मुलुकलाई समाजवादी निर्माणको बाटोतर्फ डो¥याए पनि सामाजिक तथा सांस्कृतिक सवालमा फरक विचार राख्ने मार्क्सवादीप्रति असहिष्णुता प्रकट गरेबाट समाजवादी क्याम्पमा जनतासँग सहकार्य गरी चल्ने प्रवृत्तिले भन्दा व्यक्ति प्रमुख हुने र जो सत्तामा गयो उसले आफ्नो एकल निर्णयलाई सामूहिक भनी अरुमा थोपर्ने नोकरशाही शैलीको विकास भएको देखिन्छ । अक्टोवर क्रान्तिका उपलब्धि कमजोर हुनमा सर्वहारा अधिनायकवादको नाममा व्यक्तिले आफ्नो स्वेच्छाले चलाउने हैकम पनि एक हो भन्ने मलाई लागेको छ ।

दोस्रो कुरा, मार्क्सले साम्यवाद प्राप्त नभएसम्म सर्वहारा राजसत्ता कायम हुनुपर्छ भनेकै हुन् । तर स्टालिनको निधनपछि सोभियत संघका सत्ताधारीले सर्वहाराको राजसत्तालाई सबै जनताको राजसत्तामा बदले । तिनले दुई लाइनको संघर्षलाई परित्याग गरी शान्तिपूर्ण सहअस्तित्वको नारा दिएर र पूँजीवादी मार्गअवलम्बन गर्नेलाई पार्टी र राजसत्तामा रातो कार्पेट ओछ्याई भित्र्याए । अब कम्युनिस्ट पार्टीका सञ्चालक र राज्यका पदाधिकारी जनताका प्रतिनिधि बनेनन् तिनका मालिक बने ।

तिनले अन्तर्राष्ट्रिय रूपमा कतिपय निम्छरा देशको सार्वभौमसत्तामाथि हस्तक्षेप गरे र अनावश्यक हतियारको होडबाजीमा राष्ट्रको धन स्वाहा पारे । पार्टी सत्ताको आडमा तिनले सामूहिक सम्पत्तिमाथि व्यक्तिगत आधिपत्य जमाए ।

हामी बुद्धिजीवीहरू केवल चर्का कुरा गरेर अथवा बुद्धिविनोद गरेर बस्ने हो कि बोल्सेभिक स्प्रिट अनुरूपको पार्टी निर्माणतर्फ पनि लाग्ने हो ? आज हाम्रो देशमा समाजवादी क्रान्ति गर्ने भनेर भनिदैँछ । समाजवादी क्रान्ति सम्पन्न गर्ने कसरी हो ? पूँजीवादको विकास गरेपछि मात्र समाजवादको आधार तयार हुन्छ भनेर भनिँदै छ ? यसमा हाम्रो दृष्टिकोण के हो ? यस महत्वपूर्ण अन्तक्र्रिया कार्यक्रमा यी वैचारिक एवं सांस्कृतिक विषयमा बहस होस् र उचित निष्कर्ष निस्कियोस् ।

भ्रष्ट नोकरशाहले कालोधन सञ्चय गरी देशको सम्पत्ति बाहिर पु¥याए र देशमा संकट सिर्जना गरे । परिणामस्वरूप याल्तसिन जस्ताले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउँदा कसैले प्रतिरोध गरेन र यसको संरक्षण गर्न पनि अघि सरेन । अक्टोवर क्रान्तिले स्थापना गरेको वैज्ञानिक समाजवादको सत्व ७० वर्षपछि १९९०/९१ मा होइन, त्यसभन्दा धेरै पहिलेबाट लगभग स्टालिनको निधनपछि ओरालो लाग्न थालिसकेको थियो ।
 
आज अक्टोवर क्रान्तिको सतवार्षिकीको अवसरमा कार्यक्रम गरिरहँदा हामी यसका सहभागीले गर्नुपर्ने काम के हो ? हामीले त्यस क्रान्तिबाट सिक्नुपर्ने पाठ के हो ? यसबारे ध्यान केन्द्रित हुन आवश्यक छ । रुसमा मेन्सेभिकहरूले सदस्यता लिन चाहने जोकोहीलाई पार्टी सदस्यता दिनुपर्छ भन्थे । बोल्सेभिकहरू अनुशासनमा रहने पार्टीको आदेशको पालना गर्ने, लेवी तिर्ने, आफ्ना व्यक्तिगत हितलाई सामूहिक हितको अधिनमा राख्ने माक्र्सवादी विचार र व्यवहारमा खारिएको लडाकु कार्यकर्ताको पार्टी बनाउनु पर्छ भन्ने पक्षमा उभिए ।

यही मतभिन्नताले पार्टीमा विभाजन आयो । आखिर बोल्सेभिकहरूले नै क्रान्ति सफल पारे, मेन्सेभिकले जनताको नेतृत्व गर्न सकेनन् र इतिहासले तिनलाई पाखा लगाइदियोे । आज हाम्रो देशका प्रमुख कम्युनिस्ट पार्टीहरू अक्टोवर क्रान्तिको मार्ग अनुरूपको पार्टी निमार्णको दिशातिर लागेका छन् कि छैनन् ? ठेकेदार, एनजिओ सञ्चालक, प्राइभेट शिक्षालय र स्वास्थ्य संस्थाका सञ्चालकहरू आदिको बर्चस्व हुने पार्टीको कार्यदिशा आखिर कतातिर मोडिन्छ ?

हाम्रा देशका कम्युनिस्ट पार्टी मेन्सेभिक ढाँचामा कार्यरत छन् कि बोल्सेभिक ढाँचामा ? नेपालका नाम चलेका कम्युनिस्ट पार्टीले पहिला आफूलाई मार्क्सवादी–लेनिनवादी हौँ भन्थे । सोभियत संघमा १९९०/९१ आएको सत्ताको परिवर्तनपछि लेनिनवादको पुच्छर नझुण्ड्याउने भनी त्यसलाई हटाएका छन् । के यसो गर्नु उचित नै हो ? अनि हामी बुद्धिजीवीहरू केवल चर्का कुरा गरेर अथवा बुद्धिविनोद गरेर बस्ने हो कि बोल्सेभिक स्प्रिट अनुरूपको पार्टी निर्माणतर्फ पनि लाग्ने हो ? आज हाम्रो देशमा समाजवादी क्रान्ति गर्ने भनेर भनिदैँछ । समाजवादी क्रान्ति सम्पन्न गर्ने कसरी हो ? पूँजीवादको विकास गरेपछि मात्र समाजवादको आधार तयार हुन्छ भनेर भनिँदै छ ? यसमा हाम्रो दृष्टिकोण के हो ? यस महत्वपूर्ण अन्तक्र्रिया कार्यक्रमा यी वैचारिक एवं सांस्कृतिक विषयमा बहस होस् र उचित निष्कर्ष निस्कियोस् भन्ने चाहन्छु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर