• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

एनआरएन पोर्चुगलले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

पोर्चुगल । नेपालीहरुको काक्लै बसोवास रहेको युरोपेली मुलुक पोर्चुगलमा गैरआवाशीय नेपाली संघले नेपालीहरुको महानपर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । 

दशैँ तिहार छठको अवशर पारेर आयोजना गरिएको कार्यक्रममा उल्लेखीय शंख्यामा नेपालीहरुको सहभागी भएका थिए । प्रवासमा रहेका नेपालीहरु वीचको एकतालाई मजवुत बनाउनको लागि हरेक जातजातीको चाडपर्वले महत्वपुर्ण भुमीका निर्वाह गर्ने भएकाले गैर आवासीय नेपाली संघ पोर्चुगलले आगामी दिनमा यस्ता चाडपर्वहरुलाई महत्व दिँदै सक्दो सहयोग गर्ने संघका वरिष्ठ उपाध्यक्ष तीलक गैरेले बताए । 

त्यसै गरि संघका उपाध्यक्षइश्वर रिजालले सहमतीको आधारमा शुभकामना आदानप्रदानको कार्यक्रममको आयोजना गरिएको जानकारी दिए । 

कार्यक्रममा पर्यटन दुत रमेश गुरुङले विदेशमा छरिएर रहेका नेपालीहरुलाई एक ढिक्का बनाउनको लागि भएका कार्यक्रममा सबै संघसंस्थाहरु वीचको सहकार्य अपरिहार्य भएको बताए । कार्यक्रममा अन्र्तराष्ट्रिय समन्यव परिषदका सदस्य नरेन्द्रबहादुर हमाल, संघका संरक्षक रोवोट लिम्बु, जनसम्मर्क समितीका विनोद घिमिरे, प्रवासी नेपाली मञ्चका राजकुमार थापा, शेर्पा संघका पेम्बागेलु शेर्पा, मोना पोर्चुगलका राजन थापा, पत्रकार योगेन्द्र मिलन छत्याल, नारी समाजकी सीता बराल, जनजाती महासंघकी तारा गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर