नेपालकी मेनुका पौडेल पुगिन सारेगमप को मेगा अडिसन, रुवाइन निर्णायकहरुलाईनै 

काठमाडौं । नेपालमा पछिल्लो समय निकै चर्चा कमाइरहेको रियालिटी शो नेपाल आइडलको पहिलो सिजनमा टप टेनमा पर्न सफल प्रतिस्पर्धी मेनुका पौडेल भारतको चर्चित रियालिटी शो ‘सा रे ग म प’ मा पुगेकी छिन् ।

उनी जिटिभीबाट प्रशारण हुने सा रे ग म पको मेगा अडिसनका लागि छानिएकी छिन् । अडिसनमा उनले लता मंगेस्करको जाने क्या बात हे बोलको गीत गाएर निर्णायकहरु सबैको मन जित्न सफल भइन् । निकै आत्मविश्वासका साथ प्रस्तुत भएकी मेनुकाको तारिफ तथा उनलाई हौसला दिन निर्णायकहरुले कुनै कसर बाँकी राखेनन् । दृष्टिविहिन मेनुकाको गायनबाट प्रभावित भएर निर्णायकहरुले उनका लागि ‘स्ट्याण्डिङ ओभिएसन’ दिए । केहि निर्णायकहरु त आँशु पुछिरहेका समेत देखिन्थे ।

हेरौँ मेगा अडिसनमा पुगेकी मेनुकाको ‘सारेगमप’ यात्रा कहाँ सम्म पुग्छिन् । उनलाई सफलताको शुभकामना !


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर