• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

पत्रकार तथा साहित्यकार हुमागाईंको निधन

काठमाडौँ । ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

कलेजो रोगबाट पीडित हुमागाईंको आइतबार दिउँसो ३ः५० बजे ललितपुरको सानेपास्थित ज्येष्ठ नागरिक केयर होममा निधन भएको हो ।

उनको आइतबारनै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । हुमागाईंप्रति अन्तिम श्रद्धाञ्जलिका लागि नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य पवनमान श्रेष्ठ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा ईश्वरचन्द्र ज्ञवाली, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका अध्यक्ष डा जगदीशचन्द्र भण्डारीलगायत आर्यघाट पुग्नुभएको थियो । दिवङ्गत हुमागाईंको एक छोरा र एक छोरी छन् ।

हुमागाईं क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय सल्लाहकार तथा काठमाडौँ जिल्ला संयोजक हुनुहुन्थ्यो । उहाँ ‘वर्गदृष्टि’ साप्ताहिकका स्तम्भकार पनि हुनुहुन्थ्यो । महासङ्घका अध्यक्ष इन्द्र राउतले आज शोक विज्ञप्ति जारी गरी उहाँको निधनबाट सङ्गठनका साथै जनपक्षीय पत्रकारिता तथा आमूल परिवर्तनको आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको जनाउनुभएको छ ।

यसैगरी नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाका अध्यक्ष शन्तराम विडारीले पनि दिवङ्गत हुमागाईंप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर