• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

  समृद्धिका लागि कनेक्टिभिटी र पूर्वाधारको विकास

कनेक्टिभिटी अर्थात वृहत संजालमा जोडिनु र त्यो संजालमा जोडिनकालागि आवश्यक पुर्वाधारको बिकास गर्नु अर्थतन्त्रको बिकासका दृष्टिकोणबाट अनिवार्य बनेको छ । जमिन, आकाश, जल र तरङ्ग मार्गबाट विश्वसँग जोडिनु आजको सन्दर्भको कनेक्टिभिटी  हो । वस्तुको उत्पादन र बजारीकरणका लागि यो अनिवार्य शर्त हो । कनेक्टिभिटी बिना आज उत्पादनको सम्पुर्ण प्रक्रिया नै धरापमा पर्ने स्थीतिको निर्माण भएको छ । 


पृथ्वी नारायण शाहाको दिब्य उपदेशमा बाँकी दुनियासँग जोडिनेकुरामा जोड दिइएको देखिदैन । तत्कालिन अंग्रेज साम्राज्यको डरका कारण पनि त्यस्तो नीति लिएको देखिन्छ । राणा शासनकालमा समेत त्यहि नीति लिइयो । सन १८८९ मा अंग्रेजहरुले दार्जलिङको हिमाली रेललाई  ८२ माइल बिस्तार गरी  नेपालको अरुण उपत्यका सम्म बिस्तार गर्ने प्रस्ताब गरेको देखिन्छ । भारतबाट नेपाल हुँदै रेल मार्गबाट चिन जोडने र चिन हँुदै मध्य एशियाको ब्यापार गर्ने अंग्रेजहरुको योजना थियो । तर सन १८१६ को सुगौली सन्धिपछि झस्किएको नेपालले त्यसलाई मानेन ।
 

डि.पि ढकाल  

बि.सं २००७ सम्म राणा शाषकहरुको सोखका निम्ति उपत्यकामा झिकाइएको मोटर ति मोटर गुड्ने केहि सिमित सडक बाहेक नेपालको कनेक्टिभिटीकोे अरु बिकास भएको थिएन । सन् १८०४ फेबु्रवरी २१ मा बेलायतमा पहिलो वाष्प इन्जिनयूक्त रेलको सफल प्रयोग भएपछि  सन् १९०० सम्म यूरोप र अमेरिका भरि रेल संजालको पुर्ण बिकास भइसकेको थियो । सन् १९०५ मै अमेरिकामा ९ हजार गाडी गुडिसकेका थिए । सन् १९०० देखि १९५० सम्म यूरोप र अमेरिकामा अटोमोवायल्सको क्रान्ति नै सम्पन्न भैसकेको थियो । तर नेपाल १९५१ फेब्रवरी १८ सम्म अर्थात २००७ साल फागुन ७ को घोषणा सम्म पुर्ण रुपमा बन्द समाजकै रुपमा थियो । 

२००७ साल देखि २०७५ साल सम्मको ७० वर्षको अवधी कनेक्टीभिटीका दृष्टिले खासै उपलब्धीमुलक हुन सकेन । यो अवधिमा केहिनै नभएको चै होइन तर जति हुन पर्ने हो अथवा जति अन्यत्र भएको थियो त्यस्को तुलनामा चँै केहि पनि भएन । वि.सं. २०७४ साल को अन्त सम्म आइपुग्दा चिन सँग २ वटा स्थल नाका , भारतसगँ ५ वटा मुख्य स्थल नाका, एउटा अन्तराष्ट्रिय विमानस्थल , एउटा स्वदेशी र ३० वटा विदेशी वायुसेवा कम्पनि, ६ वटा टेलिकम्यूनिकेसन र एउटा छोटो रेल मार्फत नेपाल बाँकी दुनियासँग जोडिएको छ ।
आन्तरिक रुपमा पनि नेपाल जोडिन सकेको छैन । नेपालको सबैभन्दा प्रभावकारी कनेक्टीभिटीको माध्यम सडक यातायात नै हो ।

नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका अनुसार २०७४ साल मंसिर सम्म केन्द्रिय निकायबाट काम गरिएको सडक संञ्जाल २९ हजार ६ सय ३९ किलो मिटर पुगेको छ । जस मध्ये खण्डस्मित ६ हजार ९ सय ५६ कि. मि., कच्चि सडक ९ हजार ५ सय ३४ कि. मि. र कालोपत्रे सडक १३ हजार १ सय ४९ कि.मि. रहेको छ ।

तर ७७ जिल्ला मध्ये हुम्ला र डोल्पा दुई जिल्लाका सदरमुकाम अहिले सम्म यातायात संजालमा जोडिइ सकेका छैनन् । नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका अनुसार २०७४ साल मंसिर सम्म केन्द्रिय निकायबाट काम गरिएको सडक संञ्जाल २९ हजार ६ सय ३९ किलो मिटर पुगेको छ । जस मध्ये खण्डस्मित ६ हजार ९ सय ५६ कि. मि., कच्चि सडक ९ हजार ५ सय ३४ कि. मि. र कालोपत्रे सडक १३ हजार १ सय ४९ कि.मि. रहेको छ । स्थानीय स्तरमा निर्माण भएका सडकको कुल लम्बाई ५८ हजार ३ सय ९८ कि. मि. पुगेको छ । जसमध्ये कालोपत्रे सडकको प्रतिशत एकदमै कम ४.६ रहेको छ भने ग्राभेल सडक २२ र धुले कच्चि सडक ७३.४ प्रतिशत रहेको छ ।

प्रदेशगत  रुपमा  सडकको बिकासलाई हेर्दा पनि ठूलो असमानता देखिन्छ । स्थानीय पुर्वाधार  बिकास तथा कृषि सडक विभागका अनुसार स्थानीय निकायबाट बनाइएका सडक मध्ये सबैभन्दा धेरै सडक प्रदेश तीनमा २५.५ प्रतिशत, दोस्रोमा प्रदेश एकमा २०.४ , तेस्रोमा गण्डकी प्रदेशमा १८.८, चौथोमा  प्रदेश पाँचमा १४.७, कर्णाली प्रदेशमा ४.५ र सुदुरपश्चिम प्रदेशमा ६.४ प्रतिशत रहेको छ । भौगोलिक क्षेत्र अनुसार स्थानीय सडक हिमाली क्षेत्रमा १४, पाहडि क्षेत्रमा ५५.२ र तराइ क्षेत्रमा ३०.८ प्रतिशत रहेको छ ।
रेल वे सेवा १०० किलो मिटर भन्दा पनि कम छ । पुर्व पश्चिम रेलमार्ग ९ सय ४५ कि. मि  र काठमाण्डौ पोखरा  लुम्विनी  संभाब्यता अध्यन भएको छ । सिगात्से रसुवागढी काठमाण्डौ ,काठमण्डौ पेखरा लुम्विनी हुदै भारत र भारतीय रेल संञ्जालमा जोड्न काठमाण्डौ तराइ हुँदै भारत सम्म जोड्ने कुराको कमसेकम चर्चा शुरु भएको छ ।

कोशि र गण्डकी नदिलाई सानो क्षमताको पानी जाहाज मार्फत समुन्द्र सम्म जोड्ने संम्भावना देखा परेको छ । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार तयारीका साथ योजनावद्द ढंगले काम गर्ने हो भने अबको दुइ वर्षमा आफ्नै पानी जाहजमा चितवनको दास ढुङगा सम्म सामान ल्याउन सम्भव छ ।

हामी नेपाललाई सँधै दुई ढुङ्गाबिचको तरुलको रुपमा लिँदै आयौँ । कहिल्यै हामीले नेपाल विश्वको झण्डै आधा मानिसहरुबिचको पुल पनि हो । चिन र भारतमा रहेका संसारका आधा मानिसहरुको बजार र भ्रमण स्थलको रुपमा तिनीहरुबिचको आवत जावतको ब्यापारिक मार्गको रुपमा नेपाललाई बिकास गर्न पर्छ भन्ने मान्यता बिगतमा हामीले बनाउनै सकेनौ ।

हवाइ सेवामा नेपालले खासै काम गर्न सकेको छैन । कम्तिमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने पोखरा ,भैरहवा, विराटनगर र धनगढीको विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा बिकास गर्ने त्रिभुवन विमानस्थलको क्षमता बिकास गर्ने र वायूसेवा निगमको क्षमता बिकास गर्न जरुरी छ ।

नेपालले टेलिकम्यूनिकेशनको क्षेत्रमा छोटो समयमै राम्रो प्रगति गरेको छ । वि.स २०७४ मंसिर सम्म नेपालमा टेलिफोन प्रयोगकर्ताको संख्या ३ करोड ८१ लाख ६० हजार १ सय ४२  पुगेको छ । अब यसको सर्वसुलभता र गुणस्तर बिकासमा जोड दिन जरुरी छ ।

हामी नेपाललाई सँधै दुई ढुङ्गाबिचको तरुलको रुपमा लिँदै आयौँ । कहिल्यै हामीले नेपाल विश्वको झण्डै आधा मानिसहरुबिचको पुल पनि हो । चिन र भारतमा रहेका संसारका आधा मानिसहरुको बजार र भ्रमण स्थलको रुपमा तिनीहरुबिचको आवत जावतको ब्यापारिक मार्गको रुपमा नेपाललाई बिकास गर्न पर्छ भन्ने मान्यता बिगतमा हामीले बनाउनै सकेनौ ।

अझै पनि समय छ । आन्तरीक र बाह्य कनेक्टिभिटीका लागि सबै जिल्ला सदरमुकाममा सडक पुर्याउँदै १७७६ कि.मि लामो मध्यपाहाडी लोकमार्ग, १७९२.४ लामो हुलाकी राजमार्ग भारत र चिन जोड्ने उद्देश्यले शुरु गरिएका उत्तर दक्षिण लोकमार्ग अन्र्तगतका कालिगण्डकी करिडोर ४३५ कि.मी., कर्णली करिडोर ८८ कि.मी.र कोशी करिडोर १६२ कि.मी.लाई समयमै पुरा गर्न सकियो भने नेपालको कायपलट को नयाँ अध्याय शुरु हुनेछ ।

रेल र सडक मार्फत चीन हँुदै दक्षिण पूर्वी एशिया र रुस र रेल , सडक र पानी जाहाजबाट भारत हुँदै बाँकी दुनियाँसग जोडिने संभावनालाई अब नेपालले खेर फाल्नु हुदैन।

हो निश्चयनै यी पुर्वाधार बनाउन हामीलाई ठूलो मात्राको पुँजीको जरुरी हुन्छ । त्यो पँुजी केही मात्रामा अहिलेको पहुँचमुखी बिकासको मोडेल फेर्नै बित्तिकै जम्मा हुन्छ भने केहि बैदेशिक साहायता र ऋण बाट प्राप्त हुन्छ । बिकासको नाँउमा फजुल बिकास गर्ने र रणनैतिक लाभको बिकासका क्षेत्रमा लगानी नगर्ने हाम्रो मनोवृती कायम रहेसम्म यो स्तरको कनेक्टिभिटी संभव छैन । कनेक्टिभिटी  अझै धेरै बिकास बोकेर आउने बिकास हो, त्यसमा लगानी गरौँ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर