• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पाल्पामा स्क्रबटाइफस रोगको प्रकोप

कमल अधिकारी/पाल्पा । पाल्पामा स्क्रबटाइफस रोगको प्रकोप फैलिएको छ । तीन महिना अघिबाट सुरु भएको यो रोगका कारण अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने ८ सयभन्दा बढी संक्रमित छन् । 

पाल्पाका दश वटै स्थानीय तहसहित गुल्मी, स्याङजा, रुपन्देही र कपिलवस्तुका केही स्थानमा स्क्रबटाइफस रोगका बिरामी भेटिएका छन । सुरुमा ज्वरो आउने वाक वाक लाग्ने खोकी लाग्ने हुने यो रोगका बिरामीमा स्क्रब टाईफसको जीवाणु ओरेन्सिया सुसुगामोसी रोगको लक्षण देखिएको युनाइटेड मिसन अस्पताल पाल्पाका डा. उदीप महर्जनले जानकारी दिए ।

बढ्दो रोगको संक्रमणलाई कम गर्न उपचारको लागि किट खरिद गर्न र न्युनीकरण गर्न सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरी काम अघि बढाइएको तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मी पाठकको भनाई छ ।

यो रेग लागेपछि सुरुमा अत्यधिक ज्वरो आउने, वान्ता हुने, शरीर कमजोर हुने, खान मन नलाग्ने, मुटु दुख्ने, शास फेर्न गाह्रो हुने, मन डराउने लगायतका समस्या देखा परेको युनाइटेड मिसन अस्पतालमा उपचार गरिरहेका संक्रमित भवानी प्रसाद गैरेले बताए ।

यो रोग खेतबारी या झाडीमा मुसाको रगत चुस्ने ‘माइट’ नामक परजीविबाट मानिसमा सर्ने गर्दछ । किर्ना अर्थात् मुसाको उपियाले टोक्दा यसले बिरामी गराउने र खेतबारी या झाडीमा हुने परजिविभित्र ओरेन्सिया सुसुगामोसी नामक जीवाणु शरीरभित्र प्रवेश गरेमा स्क्रबटाईफस रोग संक्रमण देखिने चिकित्सकको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर