• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

धनगढीको मुख्य बजारमा आगलागी, ८० लाख बराबरको क्षति

धनगढी । सुदूरपश्चिम प्रदेशको हाल राजधानी रहेको धनगढी बजारमा  रहेको गणेश इन्टर प्राईजेज र सरस्वती इन्टर प्राईजेजमा एक्कासी आगो लागेको छ ।

सोमबार दिउसो ४ बजेतीर लागेको आगोे नेपाल प्रहरी शसस्त्र प्रहरी र धनगढी उपमहानगरपालीकाको दमकलले साँझ  ६ बजे मात्र नियन्त्रणमा लिएको थियो । प्रेम प्रकाश गौतमको आफ्नै घरमा रहेको जुत्ता चप्पलको गोदाममा बिद्युत सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरी बहादुर वलीले पीडितका अनुसार झण्डै ८० लाख बराबरको क्षति भएको बताए । उनले क्षतीको एकीन तथ्यांक आउन अझै केही समय लाग्ने बताए । धनगढी बजारको चौराहमा माथिल्लो तलामा रहेका यी गोदाममा रहेका सामान पुर्ण रुपमा जलेर नष्ट भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर