• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

नेपालमा लगानी बढाउन मन्त्री पुनको आग्रह

बैठक ऐतिहासिक भएको भन्दै मन्त्री पुनलाई चिनियाँ उपमन्त्री लियाङले दिए धन्यवाद

चीनस्थित नेपाली दूतावासले आयोजना गरेको नेपालमा चिनियाँ लगानीसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री पुनले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिए । उनले अन्तरिक र बाह्य बजार सुनिश्चित भएकाले ढुक्क भएर नेपालको जलविद्युतमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आव्हान समेत गरे । 

काठमाडौं । नेपालमा चिनियाँ लगानी बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले चिनियाँ लगानीकर्तालाई आव्हान गरेका छन् । असोज २३ गते बेल्ट एन्ड रोड अभियान अन्तर्गत चीन सरकारले आयोजना गरेको मन्त्री स्तरीय बैठकमा सहभागी हुनमन्त्री पुन चीन भ्रमणमा गएका थिए । बेल्ट एन्ड रोड अभियानले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै उनले बेल्ट एन्ड रोड अभियानले यस क्षेत्रको विकास गर्ने बताए । 

उक्त फोरममा मन्त्री पुनले विदेशी लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आव्हान समेत गरेका छन् । भ्रमणका क्रममा मन्त्री पुनले चिनियाँ विकास र सुधार हेर्ने उपमन्त्री लियाङ विलियाङसँग भेटवार्ता गरेका थिए । उक्त भेटघाटमा आपसी हित र ऊर्जा क्षेत्रको सहकार्यबारे बिस्तृत छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ । 

गत भदौमा बंगलादेशको इनर्जी सप्ताहामा विशेष अतिथिको रुपमा सहभागी भएका ऊर्जामन्त्री पुनले नेपालबाट बंगलादेशले ९ हजार मेगावाट विद्युत खरिद गर्ने सुखद समाचार लिएर फर्केका थिए । 

भेटमा मन्त्री पुनले नेपाल चीन सम्बन्ध निकै पुरानो भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको इनर्जी को–अप्रेसन र सेप्टेम्बरमा बसेको नेपाल चीन बीचको पहिलो ऊर्जा संयन्त्रको बैठक ऐतिहासिक भएको बताए । उनले दोस्रो बैठकको मिति छिट्टै तय गर्न चिनियाँ पक्षलाई आग्रह गरे । 

पुनले ४ सय केभीको काठमाडौं केरुङ अन्तरदेशीय प्रसारण लाइन, कोसी करिडोर, कर्णाली करिडोर र तमोर जलविद्युत परियोजना, भेरी करिडोर लगायतका नेपालका प्राथमिकता युक्त आयोजनामा लगानी गर्न चिनियाँ पक्षलाई आग्रह गरे । उक्त छलफलमा सफ्टलोन, कमर्सियल लोन र बिआरआई फन्डमार्फत लगानी बढाउन सकिने र नेपालमा चिनियाँ लगानीकर्ताको आकर्षण बढ्दै गएको र त्यसलाई अझ बढाउने वातावरण बनाउन उनले अपिल गरे ।

भेटमा चिनियाँ उपमन्त्री लियाङले नेपाल चीनबीचको पहिलो ऊर्जा संयन्त्रको बैठक ऐतिहासिक भएको भन्दै त्यसको पहल गरेकोमा ऊर्जामन्त्री पुनलाई धन्यवाद दिए । उनले चीनमा थप ऊर्जा समेत आवश्यक रहेको जनाउँदै नेपालमा चिनियाँ कम्पनीले व्यवसायिक रुपमा लगानी गरिरहेको बताए । उपमन्त्री लियाङले आगामी दिनमा थप चिनियाँ कम्पनीले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउने विश्वास दिलाए ।

बंगलादेशसँग इनर्जी को–अप्रेसन सम्झौता गरेका मन्त्री पुनले अहिले स्वदेशी र विदेशी लगानीकर्तालाई ऊर्जामा लगानी गर्न अभिप्रेरित गरिरहेका छन् । बेङजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री पुनसँगको अन्तर्क्रियापछि चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न थप उत्साहित भएका छन् ।

चीनस्थित नेपाली दूतावासले आयोजना गरेको नेपालमा चिनियाँ लगानीसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री पुनले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिए । उनले अन्तरिक र बाह्य बजार सुनिश्चित भएकाले ढुक्क भएर नेपालको जलविद्युतमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आव्हान समेत गरे । 

उक्त कार्यक्रममा ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालका लगानीयोग्य आयोजना, जलस्रोतमा वैदेशिक लगानीसम्बन्धी नीति र नेपालमा उत्पादित ऊर्जाको संभावित बजारका बारेमा जानकारी गराएका थिए । राष्ट्रिय ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवाली र जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले क्रमशः राष्ट्रिय प्रसारण लाइन र पाइपलाइनमा रहेका लगानीयोग्यका बारेमा जानकारी दिएका थिए ।

गत भदौमा बंगलादेशको इनर्जी सप्ताहामा विशेष अतिथिको रुपमा सहभागी भएका ऊर्जामन्त्री पुनले नेपालबाट बंगलादेशले ९ हजार मेगावाट विद्युत खरिद गर्ने सुखद समाचार लिएर फर्केका थिए । 

बंगलादेशसँग इनर्जी को–अप्रेसन सम्झौता गरेका मन्त्री पुनले अहिले स्वदेशी र विदेशी लगानीकर्तालाई ऊर्जामा लगानी गर्न अभिप्रेरित गरिरहेका छन् । बेङजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री पुनसँगको अन्तर्क्रियापछि चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न थप उत्साहित भएका छन् । चीन भ्रमणका क्रममा मन्त्री पुनले चिनियाँ सरकारी अधिकारी, चिनियाँ लगानीकर्ता तथा प्रा. वाङ लगायतका व्यक्तित्वसँग भेटघाट गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर