• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

चिनियाँ राष्ट्रपतिले गरे समुन्द्र पार गर्ने पुल उद्घाटन

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ्गले विश्वको सबैभन्दा लामो समुन्द्र पार गर्ने पुल उद्घाटन गरेका छन् । निर्माण सुरु भएको ९ वर्षपछि पुलको मंगलबार उद्घाटन गरिएको हो ।

५५ किलोमिटर लामो पुलले हङ्गकङ्ग र मकाउलाई जोड्नेछ भने चिनीया शहर जुहाइलाई पनि उक्त पुलले छुन्छ । पुल निर्माणमा झण्डै २० अर्ब डलर लागेको बताइएको छ । पुल निर्माणका क्रममा १८ जना मजदुरले ज्यान गुमाएका थिए । जुहाइमा हङ्गकङ्ग र मकाउका नेताहरुको उपस्थितिमा सीले पुल उद्घाटन गरेका हुन् । पुल बुधबारदेखि नियमित रुपमा संचालनमा आउने बताइएको छ । 

भुकम्प तथा आँधी प्रतिरोधी उक्त पुलमा ४ लाख टन स्टिल प्रयोग गरिएको छ । पुलमा प्रयोग भएको स्टिलले ६० वटा आइफल टावर बनाउन पुग्छ । पुलबाट वारपार गर्न जोकोहिले सहजै पाउँदैनन् । त्यसका लागि कोटा प्रणालीमा विशेष प्रवेश पासको व्यवस्था गरिनेछ । पुल पार गर्ने सबै सवारीसाधनले लेवी तिर्नुपर्नेछ ।  

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर