• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आफुमाथि लागेको बलात्कार आरोपबाट रोनाल्डो भन्छन्, ‘ म झुटो बोल्दिन, सत्य सँधै अगाडि हुन्छ’

एजेन्सी । युभेन्टसका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले आफुमाथि लागेको बलात्कारको आरोपको पहिलो पटक सार्वजनिक रुपमा खण्डन गरेका छन् ।

यसअघि व्यक्तिगत इन्स्टाग्रामबाट मात्र आफुमाथि लागेको आरोपको खण्डन गरेका उनले मंगलबार च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाइटेड विरुद्धको खेल अगाडि पत्रकार सम्मेलनमा उनले बलात्कारको आरोप झुटो रहेको बताएका हुन् । ३३ वर्षे रोनाल्डोमाथि मोडल क्याथ्रिन मयोर्गाले बलात्कारको आरोप लगाएकी हुन् ।

रोनाल्डोले पत्रकार सम्मेलनमा भने, मेरा वकिलहरु विश्वस्त छन्, सत्य छिटो आउँछ ।’ उनले भने, ‘मलाई थाहा छ , म उदाहरण हुँ, मलाई शत प्रतिशत थाहा छ , मैदानमा र मैदान बाहिर पनि’ । 
ओल्डट्राफोर्डमा सबैलाई अचम्भित पार्दै पत्रकार सम्मेलनमा उपस्थित भएका उनले पत्रकारहरुले सोधेका प्रश्नको उत्तर दिँदै भने, ‘म सँधै हाँसिरहन्छु, खुशी व्यक्ति हुँ’ म उत्कृष्ट क्लबबाट फुटबल खेल्छु, मेरो सुखी परिवार छ, चारजना बच्चा छन्, म स्वस्थ छु र म सँग सबैथोक छ त्यसैले बाँकी कुराले मेरो जीवनमा कुनै हस्तक्षेप गर्दैन’ । उनले थपे, ‘यो अवस्थामा म झुटो बोल्दिन, म खुशी छु र मेरा वकिलहरु विश्वस्त छन् र अवश्य म पनि ।’ म फुटबलमा रमाउँछ, मेरो जीवनका बाँकी कुरा सम्हाल्ने मेरा शुभचिन्तकहरु छन् । र पक्कैपनि वास्तविकता सँधै अगाडिनै आउँछ, त्यसैले म ठिक छु’ । 

जर्मन साप्ताहिक पत्रिका देर स्पिगरले पहिलो पटक मयोर्गाले रोनाल्डोमाथि लगाएको बलात्कारको आरोप सम्बिन्ध समाचार प्रकाशन गरेको थियो । त्यस लगत्तै रोनाल्डोले केहि मान्छेले चर्चा पाउन आफ्नो नाम प्रयोग गरेको अभिव्यक्ति दिएका थिए । रोनाल्डोले हल्का रुपमा लिएपनि यो घटना यसै सेलाएन ।

रोनाल्डोले मयोर्गालाई सन् २००९ मा लास भेगासको एक होटलमा बलातकार गरेको भन्दै मयोर्गाले पुनः घटनाको अनुसनधान गर्न लास भेगास प्रहरीमा उजुरी हालेको खबर बाहिरिएपछि यसले नयाँ मोड लिएको हो । 

लास भेगास प्रहरीले सन् २००९ मै उजुरीमाथि अनुसन्धान गरेको तर घटनाबारे केहि प्रमाण फेला नपरेको जनाएको थियो । मयोर्गाले पुनः अनुसन्धान गर्न माग गरेपछि प्रहरीले फेरी अनुसन्धान सुरु गरेको  । रोनाल्डोका वकिलहरुले देर स्पिगरले प्रयोग गरेका कागजातहरु सबै नक्कली रहेको बताउँदै आएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर