महेन्द्र गुफा काठमाण्डौं सिधा बस सेवा शुरु 

पोखरा । पर्यटकीय स्थल महेन्द्र गुफा देखि काठमाण्डौंसम्म सिधा बस सेवा शुरु भएको छ । पृथ्वी राजमार्ग बस संचालक समितिले सिधा बस सेवा शुरु गरेको हो । 

सिधा बस सेवाले महेन्द्र गुफा आसपासका नागरिकलाई थप सेवा पुग्ने तथा महेन्द्र गुफा, चमेरे गुफा आउने पर्यटकलाई सुविधा हुने गण्डकी प्रदेशका सांसद कृष्ण थापाले बताए । वडा कार्यालयको व्यवस्थापन र हिमालय क्लवको सहजीकरणमा  बस सेवा संचालन भएको र यसले निरन्तरता पाउने वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए । पहिलो दिनमै महेन्द्र गुफाबाट यात्रा गर्ने यात्रुको आर्कषण बढेको थियो । हाललाई दैनिक विहान ८ बजे सेवा दिइने र यात्रुको चाप बढेमा गाडी थप गरिने समितिले जनाएको छ ।

महेन्द्र गुफाबाट छुटेको बस बाटुलेचौर, दीप, सुन्दर फिड,पृथ्वीचोक हँुदै काठमाण्डौँको गोंगबु पुग्ने र त्यही रुट भएर फर्किने छ । सिधा बस सेवा शुरु भएपछि बाटुलेचौर, जोगीमणी,अर्मलाकोट,घार्मी,कुरेचौर, हरिपाउँ लगाएतका क्षेत्रका बासिन्दाले सुविधा पाएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर