‘बाहुबली’ प्रभासको जन्मदिनमा ‘साहो’को टिजर रिलिज, फ्यानको ३१ लाख शुभकामना ट्विट

एजेन्सी । ‘बाहुबली’ स्टार प्रभासले आज आफ्नो ३९औँ जन्मदिन मनाइरहेका छन् । यस विशेष अवसरमा उनको आगामी फिल्म ‘साहो’को पहिलो टिजर तथा ‘मेकिङ भिडियो’ सार्वजनिक गरिएको छ । 

यो भिडियो एक मिनेट २२ सेकेन्डको छ र पुरै भिडियो एक्सनले भरिएको छ । यसले फिल्मले हलिउडको एक्सन फिल्मलाई टक्कर दिनसक्ने बताइएको छ । भिडियो सुरु नहुँदै फिल्मका निर्देशक केनी बेट्स आफ्नो परिचय दिँदै भनिरहेका छन्, ‘हेलो, मेरो नाम केटी बेट्स र म यहाँ सबैकुरालाई बर्बाद पार्न आएको छु’ । 

केही झलकहरुमा अभिनेत्री श्रद्धा कपुरको झलक पनि देख्न सकिन्छ । त्यसपछि प्रभास बाइकबाट च्यालेन्ज गर्दै देखिन्छन्, उनको यो अवतार निक्कै प्रभावित पार्ने खालको देखिन्छ । फिल्म ‘साहो’ हिन्दी, तमिल र तेलेगु भाषमा रिलिज हुनेछ । 

फिल्ममा अभिनेता निल नितिन मुकेश पनि छन् । उनी नकारात्मक भूमिकामा देखिनेछन् । त्यस्तै, फिल्ममा ज्याकी श्रोफ, मन्दिरा बेदी, चंकी पाण्डेआदी पनि मुख्य भूमिकामा रहेका छन् । फिल्म सन् २०१९ को नयाँ वर्षको अवसरमा रिलिज गरिनेछ । 

यसैबीच प्रभासको जन्मदिनको यस अवसरमा उनलाई शुभकामना दिँदै फ्यानले ३१ लाख बढी ट्विट गरेका छन् । यस्तै, भारतमा प्रभासको जन्मदिन अघिल्लो दिनदेखि नै ह्यासट्याग ‘ह्यापी बर्थ डे प्रभास’ ट्विटर टप ट्रेन्डिङमा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर