• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

‘प्रधानमन्त्रीको टिम परिवर्तन हुनसक्छ’: पौडेल 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्री परिवर्तन गर्नेबारे व्यापक छलफल हुने बताएका छन्।

पौडेलले प्रधानमन्त्रीको ‘टिम’ परिवर्तन गर्ने बेला भएको भन्दै मन्त्री मण्डल हेरफेर हुनसक्ने संकेत गरे । उनले भने,‘प्रधानमन्त्रीले अब टिम परिवर्तन गर्नुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्रीको टिम परिवर्तन हुन्छ । तर, प्रधानमन्त्री परिवर्तन हुँदैन् ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेता पौडेलले भने, ‘सरकारको काममा प्रभावकारिता भएन । अब योभन्दा अझै प्रभावकारी हुनुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा जनताले हामीसँग राखेका गुनासा र टिप्पणीहरु जस्ताको त्यस्तै राख्छौं । अब दशैंलगत्तै वातावरण तात्छ । सरकारले अब आफ्ना गतिविधिहरु बढाउँछ । सरकारले अब काम थाल्नुपर्छ ।’ यद्धपी उनले मान्छे फेरेर काममा प्रभावकारिता नआउने पनि स्पष्ट पारे । उनले अनुभवी टिम आवश्यक पर्यो भने मन्त्रिमण्डल पूनर्गठन हुने भन्दै अहिलेनै प्रधानमन्त्री फेरिने सम्भावना नरहेको बताए । आवश्यक परे मन्त्रीहरुको जिम्मेवारी अदलीबदली हुने उनको भनाइ छ । 

उनले मन्त्रीहरुले सुशासनलगायतका काममा तत्काल परिणाम देखाउनुपर्ने भएपनि त्यो देखाउन नसकेको गुनासो पोखे । 

उनले वर्तमान सरकार सफल वा असफल, पास वा फेल भनेर भन्ने बेला अहिले नै भैनसकेको पनि जिकिर गरे । सरकारको बारेमा समिक्षा गर्न कम्तिमा पनि ३ वर्ष कुर्नुपर्ने उनको तर्क छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर