• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

सामुदायिक विद्यालयमा अब इ–हाजिरी प्रणाली

भोजपुर । भोजपुर नगरपालिका –१ भामराङ्गले वडाभित्रका सबै सामुदायिक विद्यालयमा ई–हाजिरी जडान गरेको छ । वडाका प्रस्तावित सिंहदेवी माध्यमिक विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा इ–हाजिरी जडान गरेको हो । 

वडा कार्यालयले विद्यालयमा शिक्षकलाई नियमित उपस्थिति गराई शिक्षाको गुणस्तर कायम गर्न इ–हाजिरीको व्यवस्था मिलाएको वडाध्यक्ष विष्णुकुमार भुजेलले जानकारी दिए । सो वडा भोजपुर नगरपालिकाभित्रका १२ वटा वडामध्ये इ–हाजिरीको व्यवस्था गर्ने पहिलो वडा रहेको वडाध्यक्ष भुजेलको जिकिर छ । 

साथै ई– हाजिरी जडान गरिएपछि शिक्षाको गुणस्तरमा सुधार आएको उनको भनाइ छ । त्यस्तै निजी स्रोतमा काम गरेका दुवै विद्यालयका एक एक शिक्षकलाई वडा कार्यालयले तलब खुवाउने निर्णयसमेत गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर