• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

'मापसे' गरेर सर्वसाधारण कुट्ने वडाध्यक्षमाथि सार्वजनिक मुद्दा

ओखलढुङ्गा । स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ । 

मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । 

शर्माका अनुसार वडाध्यक्ष राईले शनिबार मापसे गरेर अर्पण आयल हर्कपुरमा काम गर्ने मदन तिमिल्सिना स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् । जिम्मेवार व्यक्ति नै झपडमा उत्रिएपछि कानूनी कारवाही गर्नु परेको प्रहरीले जनाएको छ । 

घटनापछि पीडितले उजुरी गरेसँगै जिल्ला सदरमुकामबाट खटिएको प्रहरीले वडाध्यक्ष राईलाई हर्कपुरबाटै पक्राउ गरेको थियो । राई स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर