• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नेकपा सचिवालय बैठक आज पनि 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ ।

पार्टी एकिकरण भएको पाँच महिना भइसक्दा पनि तल्ला कमिटीहरुको भने एकता प्रकृया अघि नबढिरहेको अवस्थामा पार्टीको सचिवालय बैठकले जिल्ला, प्रदेश लगायत कमिटीको एकता प्रकृयालाई निचोडमा पुर्याउने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै बैठकमा सरकार र संसद्को कामको समीक्षा, पोलिटब्युरो, केन्द्रीय विभाग र केन्द्रीय निकायहरूको गठनलगायतका बारेमा पनि छलफल हुने नेकपा सचिवालयले जनाएको छ । 

बैठक दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बस्नेछ । 

आइतबार र सोमबार बसेको सचिवालय बैठकले सांसद रामवीर मानन्धरले राजीनामाका लागि मागेको अनुमति अस्विकार गरेको थियो । साथै वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयको निर्णयमा राखेको असहमतिपत्रको एजेन्डामा निर्णय गरेको थियो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर