• आइतबार ८-२-२०७५/Sunday 11-18-2018/ 05:43 pm

झडपपछि गाउँका अधिकांश पुरुष भारततर्फ

लहान । दुई पक्षबीचको झडपका कारण सप्तरीको बलान–बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीका अधिकांश पुरुषले गाउँ छाडेका छन् । पुरुष गाउँ छाडेर भागेपछि महान् चाड विजयादशमी पनि महिलाले मात्रै मनाए । दुर्गा पूजा समिति गठनको बिषयलाई लिएर गाउँमा दुई पक्षबीच भएको झडपपछि उनीहरूले प्रहरीमा एकअर्काविरुद्व जाहेरी दर्ता गराएकाले पक्राउ पर्ने त्रासका कारण वडाध्यक्ष र वडा सदस्यसहित अधिकांश पुरुषले गाउँ छाडेका हुन् । 

दुबै पक्ष गरी ४० जनाविरुद्व प्रहरीमा मुद्दा दर्ता भएको थियो । एक पक्षले वडाध्यक्ष बिन्देश्वर यादव, वडा सदस्य मुखालाल यादव, मावि कोदरकट्टीका शिक्षक चन्देश्वर यादव, आशाराम यादव, स्वास्थ्य चौकीका कार्यालय सहायक देवनारायण यादवसहित २२ लाई विपक्षी बनाएर अङ्गभङ्ग तथा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गराएको थियो । 

अर्को पक्षले उक्त गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन एमालेबाट उम्मेदवारी दिएका अशोक यादव, तत्कालीन माओवादीका तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका इन्द्रे यादव, विजेन्द्र यादवसहित १८ लाई विपक्षी बनाउँदै सोही विषयमा मुद्दा दर्ता गराएको थियो । 

यसरी एकअर्का गरी ४० जना विरुद्ध मुद्दा दर्ता गराएपछि उनीहरू सहित आफ्नो पनि नाम जाहेरीमा भएको हुनसक्ने त्रासमा अन्य पुरुषले गाउँ छाडेको स्थानीयवासीले बताए । गाउँका अधिकांश पुरुषले गाउँ छाड्दा दशैँजस्तो पर्वमा पनि गाउँमा कुनै रोनक नदेखिएको उनीहरूको भनाइ थियो ।

एक पक्षले २२ जनाविरुद्व अङ्गभङ्ग तथा ज्यान मार्ने उद्योगअन्तर्गत र यी २२ जनाको समूहले १८ जनाविरुद्व ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गराएको कडरबोना इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।  दुवै पक्षको मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएकाले भारतीय बजार पसेका आरोपीलाई खोजबिन गरी ल्याउने प्रयास भइरहेको उनकाे भनाइ थियोे । गाउँ छाडेका वडाध्यक्ष यादव गाउँपालिकाबाट पाएको सरकारी मोटरसाइकल लिएरै भारत पसेका छन् । उनी भारत पसेपछि सर्वसाधारणको कामकाज प्रभावित भएको छ । 

उक्त गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले दुवै पक्षलाई मिलाउने प्रयास भइरहेको बताए । दुर्गा पूजा समितिको विषयलाई लिएर गत असोज २ गते दुई पक्षबीच झड्प हुँदा ४२ वर्षीय भोगेन्द्र यादव, ५५ वर्षीय रामबहादुर यादव, ३८ वर्षीय वैजनाथ यादव, ५० वर्षीय धर्मनाथ यादव, ३५ वर्षीय हिराइ यादव, ४२ वर्षीय इनरदेव यादव, ६५ वर्षीय अयोधी यादव, ४० वर्षीय जीवेन्द्र यादव र ४५ वर्षीय लक्ष्मण यादव घाइते भएका थिए ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पञ्चेबाजा संरक्षणमा लागे हुँगीका एकै परिवार

  • २ मङ्सिर, २०७५

कमल अधिकारी/पाल्पा । नेपालको लोक संस्कृति तथा बाजा भन्नासाथ पञ्चेबाजाको नाम अगाडि आउने गर्दछ । पञ्चेबाजाको तालले मानिसलाई निकै लठ्ठ पार्ने काम गर्छ ।

छोराको निधनपछि बुहारीलाई छोरी सरह अन्माउने सासू ससुरा

  • १ मङ्सिर, २०७५

नेपालगन्ज । सुन्दा केही अचम्ममा पर्नुहुन्छ होला, सासू ससुराले नै बुहारीको छोरी सरह विवाह गरी अन्माएको भनेको सुन्दा । नेपालगन्जमा एक दम्पतिले

चालकले सुन्तला र सहचालकले हरियो रङको ज्याकेट लगाउनुपर्ने

  • ३० कार्तिक, २०७५

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मंसिर १ गतेदेखि अनिवार्य रुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ