• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

युवापुस्तामा मुस्ताङ क्रेज 

मुस्ताङ । मुस्ताङमा चिसो बढ्दै छ । तर वर्षायाम सकिएर हिउँदयाम सुरुआत भएलगत्तै यहाँको पर्यटन व्यसाय गर्मिएको छ । विदाको समयमा घुम्न जाने आन्तरिक तथा वाह्य पर्यटकको घुइँचोले मुस्ताङको तापक्रम बढाएको छ । यसरी मुस्ताङ जाने पर्यटकमा युवा पुस्ता बढी छन् । 

वर्षेनी मनाईने महानपर्व दशैँ बिदाको अवसर मिलाएर मुलुकभरका यूवायूवती यतिबेला मुस्ताङ खनिदै छन् । म्याग्दीको बेनी देखि मुस्ताङको मुक्तिनाथ सम्मका साना ठुला होटल पर्यटकले भरिभराउ छ । त्यसो त उपल्लो मुस्ताङ भ्रमण गर्ने आन्तरिक पर्यटकको पनि उक्तिकै चाप छ ।दसै बिदाको मौका छोपेर उत्तरी कोरलानाका सम्म नेपाली पर्यटक पुगेका छन् ।

अक्सर दशैँ – तिहार, छठ पर्वमा सरकारी तथा गैरसरकारी संस्था र विद्यालयहरु बन्द हुने गर्छ । दशैँको टिका भ्याएर आन्तरिक पर्यटकको घुम्नेथलो मुस्ताङ बनेको हो । दशैँ  तिहार बिदाको फुर्सदकाे साईत जुराएर १६ वर्षदेखि ४० वर्ष उमेर समूहका यूवायूवती मुस्ताङ भित्रिएका छन् । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन तथा यहाको फरक भूगोल हेर्न यूवा यूवतीको मुस्ताङ क्रेज बढेको हो । 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर