• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

कौडीको भाउमा सानोठिमी क्याम्पसको १३ रोपनी जग्गा भाडामा, क्याम्पस प्रमुख घिमिरेविरुद्ध अख्तियार जाने तयारी

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका २ स्थित सानोठिमी क्याम्पसको राजमार्गसँग जोडिएको १३ रोपनी जग्गा मासिक जम्मा ५ सय ९८ रुपैयाँमा लिजमा दिएपछि प्राध्यापकहरु आन्दोलित भएका छन् । 

क्याम्पसको शैक्षिक प्रयोजनका लागि उपयोग गर्नुपर्ने जग्गा क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले व्यापारिक प्रयोजनका लागि अत्यन्त न्यून मुल्यमा भाडामा दिएपछि प्राध्यापक आक्रोशित भएका हुन् । क्याम्पस प्रमुख घिमिरेले भ्रष्टाचार गरेको आशंकामा प्राध्यापक छानविनका लागि अख्तियार जाने तयारीमा लागेका हुन् ।

क्याम्पसप्रमुख रामचन्द्र घिमिरेले व्यापारिक प्रयोजनका लागि अत्यन्त न्यून मुल्यमा भाडामा दिएकाे जग्गा (दक्षिण तर्फबाट खिचिएकाे फाेटाे)

तत्कालीन नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेससँग आबद्ध प्राध्यापकले संयुक्तरुपमा विरोधपत्र समेत बुझाइसकेका छन् । विरोधपत्रमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका तर्फबाट विष्णुहरि शर्मा, नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघबाट ओमबहादुर रायमाझी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनबाट अम्बरजङ लिम्बू, र नेपाल प्रगतिशील प्राध्यापक संगठनका तर्फबाट सोमनाथ ढकालले हस्ताक्षर गरेका छन् ।

क्याम्पस छात्रावासको पूर्वतर्फ काठमाडौंबाट भक्तपुर जाने, उत्तरतर्फ मगरगाउँ जाने पिच बाटोमा जोडिएको १३ रोपनी जग्गा गुपचुप रुपमा टेन्डर गरी क्याम्पस प्रमुख घिमिरेले होटल सञ्चालन गर्न प्राणनाथ क्याफेलाई दिएका थिए । 

प्राणनाथ क्याफे सञ्चालक र क्याम्पस प्रमुख घिमिरेले २०७५ असोज २२ गते १० वर्षका लागि जग्गा लिजमा दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा क्याम्पसले क्याफेलाई वार्षिक ७ हजार १ सय ७५ रुपैयाँमा १३ रोपनी जग्गा दिएको कुरा उल्लेख छ ।

सो भाडा रकमलाई मासिक रुपमा भाग गर्दा ५ सय ९७ रुपैयाँ ९१ पैसा हुन आउँछ । भक्तपुरमा बाटोले नछोएको जग्गामा समेत कृषि प्रयोजनका लागि भाडामा लिँदा रोपनीको १५ देखि २० हजार मासिकरुपमा पर्दछ । राजमार्गसँग जोडिएको जग्गा कौडीको भाउमा भाडामा लगाएपछि प्राध्यापकहरु क्याम्पस प्रमुखविरुद्ध खनिएका हुन् ।

टेन्डर नै नक्कली र दुराशययुक्त
क्याम्पस प्रमुख घिमिरेले जग्गा लिजमा दिनका लागि गरेको टेन्डर प्रक्रियासमेत नक्कली देखिन आएको छ । घिमिरेले राष्ट्रिय दैनिक पत्रिकामा निकाल्नुपर्ने टेन्डरको सूचना भदौ २६ गते सिटी पोस्टमा जम्मा एक पटक प्रकाशित गराएको बताएका छन् । 

 

याे पनि पढ्नुस्.....

 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर