१९ वाणिज्य बैंकमा कसको लाभांश क्षमता कति !

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण धमाधम सार्वजानिक गरिरहेका छन् । यस्तैमा बिहीबार नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, सानिमा बैंक, एनसिसी बैंक, सेञ्चुरी बैंक, सनराइज बैंक, नेपाल बङ्गलादेश बैंक, लक्ष्मी बैंक, जनता बैंकले पहिलो त्रैमासको वित्तीय रिपोर्ट प्रकाशित गरेका छन् । 
एकैदिन नौ बैंकले वित्तीय रिपोर्ट सार्वजानिक गरेसँगै वित्तीय विवरण सार्वजानिक गर्ने बैंकको संख्या १९ पुगेको छ । 

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदन अनुसार वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएसँगै बैंकहरुले सो अनुसार वित्तीय विवरण सार्वजानिक गरिरहेका छन् । सो प्रतिवेदन अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश क्षमता उच्च देखिन्छ । 

१७ दशमलव ८४ प्रतिशतले लाभांश क्षमता बढाएको नेपाल इन्भेष्टमेन्ट बैंकको यो अवधिमा लाभांश क्षमता एक अर्ब ५ करोड रहेको छ । गतवर्षको सो अवधिमा बैंकको लाभांश क्षमता ८९ करोड ४९ लाख रुपैयाँ थियो । 

यो अवधिमा जनता बैंकले लाभांश क्षमता उच्च दरले वृद्धि गरेको छ । समिक्षा अवधिमा बैंकको लाभांश क्षमता २ सय ९४ दशमलव ९५ प्रतिशतले बढोत्तरी भएको छ । त्यस्तै मेगा बैंकको लाभांश क्षमता पनि १८८ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर