नेप्से घट्यो, कारोबारमा वृद्धि, प्रभु बैंकमा किन झुम्मिए लगानीकर्ता ?

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसुचक नेप्से घटेर बन्द भएको छ । लगातार दुई दिन उकालो लागेको नेप्से सुचक ३ दशमलव ३१ ऋंकले घटेर १ हजार २ सय ५ दशमलव ५८ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । यसअघि मंगलबार नेप्से सुचक १३ अंकले र बुधबार शुन्य दशमलव ९८ अंकले बढेको थियो । 

आज कारोबारमा आएका अधिकांश सुचक ऋणात्मक भएसँगै समग्र नेप्से सुचक घटेको हो । आज होटल बाहेकका सबै सुचक घटेका छन् । जसमध्ये नीर्जिवन बीमा समूह सबैभन्दा उच्च २४ दशमलव १७ अंकले घटेको छ । त्यस्तै बैंकिङ समूहमा २ दशमलव ९८ अंक, लघुवित्तमा १२ दशमलव ७९ अंक, जीवन बीमामा १ दशमलव ३८ अंक, विकास बैंक समूहमा ३ दशमलव १९ अंक, जलविद्युत समूहमा ३ दशमलव ६६ अंक र अन्य समूहमा १ दशमलव १२ अंकको गिरावट आएको छ । 

कारोबारमा बढोत्तरी

नेप्से सु्चक घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको छ । यसदिन कुल १५८ कम्पनीको २३ करोड ९८ लाख ६८ हजार १४२ रुपैयाँको ८ लाख २७ हजार ८५६ कित्ता शेयर खरिदबिक्री भएका छन् । बुधबार १७ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएका थिए । सर्वाधिक कारोबार हुनेमा भने आज पनि प्रभु बैंक नै अग्रपंक्तिमा छ । बैंकको आज २ करोड ३१ लाख ८८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आकर्षक लाभांश घोषणा गर्ने अपेक्षामा लगानीकर्ता बैंक तर्फ आकर्षित भएको बताइएको छ । यसअघि बुधबार ३ करोड ८ लाख र मंगलबार एक करोड ४३ लाख बढी रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

सर्वाधिक कमाउनेमा एभरेष्ट इन्स्योरेन्सका सेयरधनी

बिहीबार सर्वाधिक कमाउनेमा एभरेष्ट इन्स्योरेन्सका सेयरधनी रहेका छन् । कम्पनीको सेयर भाउ आज ९ दशमलव ९३ प्रतिशतले बढेको छ । त्यस्तै साल्ट ट्रेडिङको शेयर भाउ ९ दशमलव ७९ प्रतिशतले बढेको छ ।

यता सर्वाधिक गुमाउनेमा भने आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । कम्पनीको शेयर मूल्यमा ३ दशमलव ८८ प्रतिशतले घटेको छ ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ७४ अंकले घटेर २५६ दशमलव ३९ अंकमा पुगेर बन्द भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर