• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मैत्रीपूर्ण फुटबलः मेसीबीनाको अर्जेन्टीनाको जित, नेयमारको बिवादित गोल

काठमाडौं । मेसी लगायत चल्तापुर्जा खेलाडीबीना मैदान उत्रिएको अर्जेन्टीनाले बलियो प्रतिद्वन्दी मेक्सीको विरुद्ध प्रतिस्पर्धात्मक जित निकाल्यो । उता नेयमारको विवादस्पद पेनाल्टी गोलबाट ब्राजिलले उरुग्वे विरुद्ध १–०को कठिन जित हात परेको छ । 

अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलका अन्य खेलमा चिलीले ३–२ गोल अन्तरमा खेल कोष्टारिकालाई सुम्पदा जापान र भेनेजुयलाले १–१ गोलको बराबरी खेले ।

अर्जेन्टीनाको जितमा डिबालाको फ्रि किकमा भिलारियलका रामिरो फुनेस मोरीले पहिलो होड गोल गरे । दोश्रो हाफमा ईसाक ब्रिजुयलाले आत्मघाती गोल गरेपछि अर्जेन्टीनाले २–०ले खेल आफ्नो पक्षमा टुंग्यायो ।

उरुग्वे र ब्राजिलले पहिलो आफ प्रतिस्पर्धात्मक र गोलरहित खेले । दोश्रो हाफमा ब्राजिलका डानिलोलाई उरुग्वेका डिफेन्डर डिएगो लाक्साल्टले डिबक्स भित्र फल गरेपछि नेयमारले पेनाल्टी गोल गर्दै १–० गोलको जित दिलाए । उरुग्वेका खेलाडीहरुले फल नगरेको भन्दै रेफ्रीलाई अपिल गरेपनि सुनुवाई नभएपछि ब्राजिलले पोनाल्टी पाएको थियो ।

भेगास र सान्चेजले एक–एक गोल गरेपनि चिलीको हार टार्न सकेनन् । कोष्टारिकाका लागि वाष्टनले २ तथा मारारिटाले एक गोल गरेपछि चिली हार खान बाध्य भयो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर