• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

छोराको निधनपछि बुहारीलाई छोरी सरह अन्माउने सासू ससुरा

नेपालगन्ज । सुन्दा केही अचम्ममा पर्नुहुन्छ होला, सासू ससुराले नै बुहारीको छोरी सरह विवाह गरी अन्माएको भनेको सुन्दा । नेपालगन्जमा एक दम्पतिले समाजलाई चुनौती दिँदै आफ्नी एकल बुहारीले नै रोजेको बरसँग विवाह गरी उनको ईच्छा अनुसार विवाह गरी अन्माएर उदाहरणीय काम गरेका छन् ।  

ती सासू ससुरा हुन्, संघिय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधान सभाका पूर्व उप–सभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदी चन्द्रकान्ता । उनीहरुले जेठी बुहारी मालती शर्मालाई छोरी सरह विवाह गरी अन्माई पठाएका छन् ।

वि.स. २०७२ सालको महाभुकम्पमा परी उनका जेठा छोरा अच्युत सुवेदीको मृत्यु भएपछि एकल जीवन बिताउँदै आएकी बुहारी मालतीको शनिबार आफ्नै घरबाट नेपालगन्जका सुधिर गौतमसँग विवाह गरी अन्माई पठाएका हुन् ।

छोराको मृत्युपछि दुई नाती र बुहारीको भविष्यप्रति आफुहरु चिन्तित रहेकै बेलामा मालती आफैँले छानेको बरका साथ उनलाई खुसी देख्नको लागि विवाह गरिदिएको पूर्व उप(सभामुख सुवेदीले बताइन् । मालतीका यस अघि दुई छोरा छन् ।

समाजले एकल महिला त्यसमा पनि बुहारीलाई छोरी बनाई घरबाटै अन्माई पठाउनु सुवेदी दाम्पत्तीका लागि केही असहज भए पनि समाजलाई सच्चिकै परिवर्तन गर्नको लागि उदाहरण भएको नेकपा नेतृ तथा पाँच नंंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमूनाको भनाई छ ।

तस्विरः सासू पूर्णाकुमारीको फेसबुक पेजबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर