• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

'आर्थिक कार्यविधि ऐन' ल्याउने अर्थमन्त्रीको घोषणा

काठमाडौं । सरकारले वित्तीय जवाफदेहिता सुनिश्चित गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले वित्तिय संघीयता कार्यान्वयन भएको करिव ५ महिनापछि वित्तिय जवाफदेहिता सुनिश्चित् हुनेगरी आर्थिक कार्यविधि ऐन ल्याउन लागिएको जानकारी दिए ।

आइतबार सार्वजनिक वित्तिय व्यवस्थापनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री खतिवडाले दातृ निकाय र करबाट जम्मा गरिएको रकम दुरुपयोग हुन नदिन पनि सरकारले आर्थिक कार्यविधि ऐन ल्याउने तयारीमा रहेको बताए । उनले भने, 'दातृ निकाय र करबाट जम्मा गरिएको रकम दुरुपयोग हुन नदिन सरकारले आर्थिक कार्यविधि ऐन तत्काल ल्याउने तयारी थालेको छ ।’

वित्तीय संघीयता कार्यान्वयन सहज ढंगले अघि बढिरहेको दावी गर्दै मन्त्री खतिवडाले आर्थिक कारोबारलाई पारदर्शी बनाउन आफू मातहतका सबै निकायलाई निर्देशन दिइसकेको समेत बताए । उनले आर्थिक विद्युतीय भुक्तानी कारोबार प्रणालीलाई लागू गर्ने कामलाई तीब्रता दिएको जानकारी पनि दिए ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर