दोहोरो अंकले घट्यो नेप्से, नेपाल बैंकले बढायो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । कारोबारमा आएका अधिकांश समूहमा गिरावट आएसँगै समग्र नेप्से सुचक घटेको हो । आज नेप्से सुचक १० दशमलव १४ अंकले घटेर १ हजार १ सय ९४ दशमलव ८७ को बिन्दुमा आईपुगेको छ । 

ट्रेडिङ बाहेकका सबै सुचक ऋणात्मक

आइतबार कारोबारमा आएका ११ समूहमध्ये ट्रेडिङ बाहेकका सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीबन बीमा समूह सबैभन्दा उच्च अंकले घटेको छ । यो समूहमा ४९ अंकको गिरावट आएको छ । त्यस्तै गरी नीर्जिवन बीमा समूह २९ दशमलव ८ अंक, बैंकिङ समूहमा १० दशमलव १६ अंक, लघुवित्तमा ८ दशमलव ८८ अंक, विकास बैंक ९ दशमलव ४३ अंक, होटल शुन्य दशमलव २८ अंक, जलविद्युत समूहमा १२ दशमलव ५८ अंक, फाइनान्स ३ दशमलव ९ अंक  र अन्य समूहमा ७ दशमलव १ अंकको गिरावट आएको छ ।  

नेपाल बैंकले बढायो कारोबार रकम

नेप्से सुचक दोहोरो अंकले ओरालो लाग्दा आज कारोबार रकम भने १० करोड बढेको छ । यसदिन कुल १४५ कम्पनीको ३३ करोड ३७ लाख ९६ हजार ९ सय २ रुपैयाँको शेयर किनबेच भएको छ । आइतबार कारोबारको अग्र स्थानमा नेपाल बैंक रहेको छ । बैंकको आज १४ करोड ५ लाख ८० हजार रुपैयाँको शेयर कारोबार भएको छ । 
यसअघि गत बिहीबार २३ करोड ९८ लाख रुपैयाँका शेयर खरिदबिक्री भएका थिए । त्यस्तै बुधबार १७ करोड ८३ लाख रुपैयाँ, मंगलबार १७ करोड ४१ लाख रुपैयाँ, सोमबार १३ करोड र आइतबार करिब १० करोड रुपैयाँको शेयर किनबेच भएको थियो । 

कमाउनेमा पञ्चकन्या, गुमाउनेमा समताका शेयरधनी 

सर्वाधिक कमाउनेमा भने आज पञ्चकन्या माइहाइड्रो पावरका शेयरधनी रहेका छन् । कम्पनीको शेयर भाउ २ दशमलव ४४ प्रतिशतले बढेको छ । सर्वाधिक गुमाउनेमा भने समता माइक्रोफाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता १३७ रुपैयाँ घटेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर