• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

नम्बर प्लेट बिना सञ्चालित अटो रिक्सा प्रहरी नियन्त्रणमा

स्याङ्जा । वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

करीब दुई महीनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै प्रहरीले पाँचवटा अटोलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका अटोलाई वडा प्रहरी कार्यालयमा राखिएको ट्राफिक कार्यालयका हबल्दार शङ्कर रिमालले जनकारी दिए । 

जिल्लाका मुख्य बजार वालिङ, स्याङ्जा, बयेरघारी, गल्याङलगायतका ठाउँमा करीब ४० अटो सञ्चालनमा रहेका छन् । सवारी चालक अनुमतिपत्र र नम्बर प्लेट बिनै सञ्चालन गर्दा दुर्घटना भए समस्या हुने भएकाले कारबाही थालिएको बताइएको छ ।

नगरपालिकाले प्रति किलोमिटर रु १५ र थप किलोमिटरको रु दशका दरले भाडा निधारण गर्नुका साथै भित्री सडकमा मात्र सञ्चालन गर्नुपर्ने निर्णय गरेपनि अटो सञ्चालकले नियम उल्लङ्घन गरेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर