• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

फ्रान्समा राष्ट्रिय मेलमिलाप दिवस मनाइयो

नेपाली जनसम्पर्क समिति फ्रान्सले राष्ट्रिय मेलमिलाप दिवस र नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । सुन्दर सहर पेरिस स्थित कामरान रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको थियो ।

२०३३ साल पौष १६ गते मेलमिलाप को नीति सहित स्वदेश फर्केका जननायक बि पी कोइरालाको फोटो अगाडी दियो बालेर उद्घाटन गरिएको काय्रक्रममा , राष्ट्रिय गान संगै उपस्थित सबै नेपालीहरुले बिपी को फोटोमा माल्यार्पण गरेका थिए । 

नेपाली जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ,समितिका उपाध्यक्ष शिवराम भण्डारीले स्वागत मन्तब्य राखेका थिए भने जसस फ्रान्सका संरक्षक किरणचन्द्र प्रधान, संस्थापक अध्यक्ष निर्मल अर्याल , एकता समाज फ्रान्सका अध्यक्ष प्रमोद पाण्डे , एन आर एन फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल , मगर समाज फ्रान्स अध्यक्ष रमेश राना लगायतले आफ्नो मन्तब्य राखेका थिए । 

शुभकामना मन्तब्यको क्रममा बक्ताहरुले महामानव बि पी को देशमा प्रजातन्त्र स्थापनाको लागि दिनुभएको योगदान को कदर गर्दै मेलमिलापको नीति आजको दिनमा पनि उत्तिकै सान्दर्भिक महसुस भएको कुरामा जोड दिएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर