• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

हामी सबैको यातायातको प्रथम साधारणसभा सम्पन्न

ललितपुर । हामी सबैको यातायात प्रा.लि. को प्रथम साधारणसभाले चार सदस्यीय संचालक समिति निर्वाचित गरेको छ । ललितपुरमा आयोजित साधारणसभाले मोहनकुमार सापकोटोका अध्यक्षतामा दिलकुमार लिम्बू, श्रीहरी कोइराला र नेत्रकुमार श्रेष्ठ संचालक रहेको कार्यसमिति निर्वाचित गरेको हो । 

ललितपुरको लामाटार पार्टीचौरबाट बुढानिलकण्ठसम्मको यातायात सेवा संचालन गर्दै आएको यातायातले एक वर्षमै २३ वटा बस संचालनमा ल्याएको छ । हामी सबैको यातायातका अध्यक्ष मोहनकुमार सापकोटाका अनुसार दुई महिनाभित्र थप १३ वटा बस संचालनमा ल्याउन लागेको जानकारी दिए । दुई वर्षभित्र एक सय वटा बस संचालनमा ल्याएर सेवा प्रदान गरिने जानकारी दिए । 

साधारणसभामा यातायात क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै यातायातका संरक्षक समेत रहेका ग्याँस तथा मझौला यातायात महासंघका अध्यक्ष निरकुमार कार्कीले छोटो समयमा हामी सबैको यातायातले गरेको प्रगतिबाट सबैले सिक्नुपर्ने बताए । उनले यातायात क्षेत्रका समस्या समाधानमा व्यवसायी र मजदूर एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

हामी सबैका यातायातका अध्यक्ष मोहनकुमार सापकोटाले आफूहरु व्यवसायसँगै सेवामा समर्पित भएकाले सफलतातर्फ अगाडि बढेको बताए । आगामी दिनमा थप सेवा विस्तारको लक्ष्य लिएर अगाडि बढेको उनको भनाई थियो ।

कार्यक्रका विशेष अतिथि भरत नेपाल, लबकुमार केसी, टंकराज प्याकुरेल र गणेशविक्रम शाहीले हामी सबैको यातायातलाई शुभकामना व्यक्त गरे । यातायात क्षेत्रमा छोटो समयमा उपलब्धि हासिल गरेको यातायात सरकारले सिण्डिकेट अन्तको घोषणा लगत्तै कम्पनिमा दर्ता भएर संचालनमा आएको हो ।

कम्पनिमा दर्ता भएर पनि सफलतापूर्वक सेवा संचालनमा ल्याएपछि हामी सबैको यातायात नमूना यातायातका रुपमा चर्चामा छ ।   
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर