• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अष्ट्रेलियामा किन भयो एक महिनाभित्र चार नेपाली विद्यार्थीको मृत्यु ?

क्यानबेरा । अष्ट्रेलियामा एक महिनाभित्रमा चार नेपाली विद्यार्थीको मृत्यु भएको छ । अष्ट्रेलियाको क्यानबेरामा रहेको नेपाली राजदूतावासले आफ्नो फेसबुक पेजमार्फत् विद्यार्थीहरुको मृत्यु भएको जानकारी गराउँदै दुताबासले सहयोग गर्ने बताएको छ ।

गत मंसिर २० गते(६ डिसेम्बर)का दिन मिलन तामाङ, पुष ७(२२ डिसेम्बर)मा स्मृति आले मगर, पुष १३ (२८ डिसेम्बर)मा निश्चल घिमिरे र गत पुष १९ मा मनिष सुवेदीको मृत्यु भएको अष्ट्रेलियाको क्यानबेरासिस्थत नेपाली दूतावासले जनाएको छ ।

बयानमा दूतावासले ती विद्यार्थीको मृत्युको विभिन्न कारण रहेको जनाएको छ । दूतावासले नेपाली युवा विद्यार्थी गुमाउनु परेकोमा दुःख व्यक्त गरेको छ । दूतावासले भनेको छ, ‘मृतकको परिवारलाई धैर्य–धारण गर्न अपिल गर्दछौं ।’

त्यस्तै, केही नेपाली नागरिकहरु अष्ट्रेलियाको विभिन्न सहरमा उपचारका लागि अस्पताल भर्ना भएको जानकारीमा आएकोले दूतावासले उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

कन्सुलर सेवालाई लिएर कुनै पनि सहयोगका लागि अष्ट्रेलियाको क्यानबेरामा रहेको दूतावास र वाणिज्य दूतावासमा सम्पर्क गर्न दूतावासले नेपालीलाई आह्वान गरेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर