• बुधबार ३-११-२०७६/Wednesday 06-26-2019/ 06:22 am

रिसाएकी पत्नीलाई फकाउने नयाँ तरिका, ‘म धोकेबाज हुँ’ ट्याटु

एजेन्सी । श्रीमान–श्रीमतीको सम्बन्धमा यदि धोकाको बादल मडारिएपछि रिसाएको जीवनसाथीलाई मनाउन निक्कै गाह्रो बन्नपुग्छ । एक धोकेबाज पतिले आफ्नी पत्नीलाई मनाउन केही यस्तै हरकत गरे, जसका कारण उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् । 

जोस टेरेस नामका यी व्यक्तिले आफ्नो पत्निलाई धोका दिएका थिए, जसका कारण उनकी पत्नी उनीबाट टाढा भइन् । पत्नीलाई फेरी पाउन उनले आफ्नो गल्ती स्विकारेको ट्याटु खोपे । ट्याटुमा उनले आफू धोकेबाज र यौन व्यावसायी कहाँ जाने गरेको लेखेका छन् । 

जोसको यस भाइरल ट्याटुको तस्विर ट्याटु आर्टिस्टले सामाजिक सञ्जालमा सेयर गरेका थिए । यद्यपि, ट्याटुमा लेखिएका केही शब्दको स्पेलिङमा गल्ती देखिएका छन् र ट्याटु आर्टिस्टले उनी मुल रुपले बेलायती नभएको बताएको र अंग्रेजी उसको दाश्रो भाषा हो । 

जोसले आफ्नो छातीदेखि पेटसम्मको ट्याटुमा लेखेका छन्, ‘म जोस टेरेस, २ जनवरी २०१९ का दिन यो ट्याटु आफ्नै मर्जीले बनाइरहेको छु । म आफ्नो पत्नीको विश्वास फेरी पाउन चाहान्छु र मेरो कारण वैवाहिक जीवनमा आएको दुख र पिडाका कारण यो गरिरहेको छु ।’

यी व्यक्तिले आफ्नो गल्ती स्विकार्दै ट्याटुमा लेखेका छन्, ‘म हुः जाली, धोकेबाज, चालबाज, धूर्त, यौन व्यावसायीलाई मन पराउने, बेइमानी र सम्मान नगर्ने ।’ सामाजिक सञ्जालमा यो तस्विरलाई लिएर मानिसहरुले विभिन्न खाले प्रतिक्रिया दिइरहेका छन् । केही वैवाहिक जीवन अन्त्य गर्न सल्लाह त केहीले जोसकी पत्नीलाई माफ गर्न आग्रह गरेका छन् । 

ट्याटु बनाउने कलाकारले शब्दमा केही गल्ती भएको स्विकारेका छन् । आफू अंग्रेजीमा कमजोर भएकोले आफ्ना ग्राहकलाई आफैँ शब्द लेख्न बताउने गरेको बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

हरेक प्रेम जोडीको सम्बन्धमा आउँछन् यी १२ समस्या !

  • ९ असार, २०७६

काठमाडौं । कुनै पनि सम्बन्ध ‘पर्फेक्ट’ हुँदैन । र यो पनि सत्य हो कि कोही पनि अफ्नो प्रेमी वा प्रेमीका वा श्रीमानश्रीमतीसँग झगडा गर्न चाहदैन । तर,

उडानका दौरान निदाइन् महिला, बिउझिँदा निस्पट अध्यारोमा !

  • ९ असार, २०७६

एजेन्सी । हामीमध्ये धेरैजसो बसमा यात्रा गर्दा मस्त निदाउने गर्छौ । यद्यपि, आफ्नो गन्तव्यमा पुगेपछि ओर्लिन्छौँ । त्यस्तै, विमानमा यात्रा गर्दाका

१०३ वर्षीया धाविका, जसले विश्व रेकर्ड राखिन्

  • ५ असार, २०७६

एजेन्सी । उमेर १०३ वर्ष, खास नाम जुलिया हकिन्स, उपनाम ‘हरिकेन’ । जुलियाले न्यु म्याक्सिकोमा सम्पन्न राष्ट्रिय जेष्ठ नागरि खेलमा ५० र एक सय मिटर दुरी