• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रिसाएकी पत्नीलाई फकाउने नयाँ तरिका, ‘म धोकेबाज हुँ’ ट्याटु

एजेन्सी । श्रीमान–श्रीमतीको सम्बन्धमा यदि धोकाको बादल मडारिएपछि रिसाएको जीवनसाथीलाई मनाउन निक्कै गाह्रो बन्नपुग्छ । एक धोकेबाज पतिले आफ्नी पत्नीलाई मनाउन केही यस्तै हरकत गरे, जसका कारण उनी सामाजिक सञ्जालमा भाइरल बनेका छन् । 

जोस टेरेस नामका यी व्यक्तिले आफ्नो पत्निलाई धोका दिएका थिए, जसका कारण उनकी पत्नी उनीबाट टाढा भइन् । पत्नीलाई फेरी पाउन उनले आफ्नो गल्ती स्विकारेको ट्याटु खोपे । ट्याटुमा उनले आफू धोकेबाज र यौन व्यावसायी कहाँ जाने गरेको लेखेका छन् । 

जोसको यस भाइरल ट्याटुको तस्विर ट्याटु आर्टिस्टले सामाजिक सञ्जालमा सेयर गरेका थिए । यद्यपि, ट्याटुमा लेखिएका केही शब्दको स्पेलिङमा गल्ती देखिएका छन् र ट्याटु आर्टिस्टले उनी मुल रुपले बेलायती नभएको बताएको र अंग्रेजी उसको दाश्रो भाषा हो । 

जोसले आफ्नो छातीदेखि पेटसम्मको ट्याटुमा लेखेका छन्, ‘म जोस टेरेस, २ जनवरी २०१९ का दिन यो ट्याटु आफ्नै मर्जीले बनाइरहेको छु । म आफ्नो पत्नीको विश्वास फेरी पाउन चाहान्छु र मेरो कारण वैवाहिक जीवनमा आएको दुख र पिडाका कारण यो गरिरहेको छु ।’

यी व्यक्तिले आफ्नो गल्ती स्विकार्दै ट्याटुमा लेखेका छन्, ‘म हुः जाली, धोकेबाज, चालबाज, धूर्त, यौन व्यावसायीलाई मन पराउने, बेइमानी र सम्मान नगर्ने ।’ सामाजिक सञ्जालमा यो तस्विरलाई लिएर मानिसहरुले विभिन्न खाले प्रतिक्रिया दिइरहेका छन् । केही वैवाहिक जीवन अन्त्य गर्न सल्लाह त केहीले जोसकी पत्नीलाई माफ गर्न आग्रह गरेका छन् । 

ट्याटु बनाउने कलाकारले शब्दमा केही गल्ती भएको स्विकारेका छन् । आफू अंग्रेजीमा कमजोर भएकोले आफ्ना ग्राहकलाई आफैँ शब्द लेख्न बताउने गरेको बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर