• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

५ बर्षभित्र कृषिमा उथलपुथल ल्याइने –मन्त्री बलदेव

झापा । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले ५ बर्षभित्र कृषि क्षेत्रमा परिवर्तन ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

झापाको बिर्तामोडमा नेपाल मौरीपालक महासंघको २० औं वार्षिक साधारणसभा तथा राष्ट्रिय मौरीपालक किसान सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले कृषि क्षेत्रमा मोह हराउँदै गएकाले पनि यस क्षेत्रलाई आधुनिकीकरण तर्फ अगाडी बढाउनु पर्नेमा जोड दिए ।

उनले ठूलो हिस्सामा अहिले पनि परम्परागत खेती भैरहेको भन्दै यसलाई उल्टाउनु पर्ने आवश्यकता औँल्याए । मन्त्री खनालले भने, ‘परम्परागत प्रणालीमा सुधार गरि आधुनिकीकरण तर्फ लैजानु छ । जब कृषिमा मोह हराउँदै गयो, वर्षौदेखि खेती गरिरहँदा पनि जीवन शैली बदलिएन युवा जनशक्ति बिदेशीन थाल्यो ।  कृषि मर्यादित काम हो भनेर चिनाउनु छ ।’ 

उनले महको गुणस्तर जाँचको लागि माग गरेको ल्याब टेस्ट मेसिन सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले भने, ‘मह त व्यवसाय मात्र होइन मानव स्वास्थसँग जोडिएको अमृत हो । त्यसैले योजना बनाएर नितिगत, प्राविधिक व्यवस्थापन गर्नुको साथै किसानलाई प्रशिक्षण गरिन्छ ।  

उत्पादनको योजना बनाएर देशैभरी प्रबद्र्धन गरि अन्तर्राष्ट्रिय बजार खोजिन्छ । तपाईं ढुक्क भए हुन्छ, यसको बदला तपाईंले पाउनु हुन्छ । आगामी दिनम थप योजना बनाएर मन्त्रालयमा पेश गर्नु होला ।’
मौरीपालक किसानले भरपर्दो स्थायी बजार, मह संकलन र भण्डारण केन्द्रको अभाव भएको, महको गुणस्तर नाप्ने ल्यावको अभाव भएको गुनासो गरेका छन् ।

उनीहरुले मौरी पालनका लागि चरन क्षेत्रको अनभिज्ञता तथा चरनको अभाव, कृषि सडकको अभावले मौरी स्थानान्तरणको समस्या रहेको भन्दै समाधान गरिदिन सरकारसँग आग्रह गरेका छन् । महासंघका अध्यक्ष शिवप्रसाद शर्माका अनुसार अहिले मौरीको गोला संख्या १ लाख ७० हजार छ भने वार्षिक २५ सय मेट्रिक टन मह उत्पादन हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर