• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

मगर समुदायले टुंडिखेलमा ‘माघे सकराती’ मनाउने

काठमाडौं । मगर समुदायको चाड ‘माघे सकराती’ यसवर्ष मगर समुदायले भव्य रुपमा मनाउने भएका छन् । नेपाल मगर संघ केन्द्रीय समितिले पत्रकार सम्मेलन गर्दे पुस ३० गते र माघ १ गतेका दिन दुई दिन टुंडिखेलमा माघे सकराती भव्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिएको छ ।

माघे सकराती मगर समुदायको नयाँ वर्षको शुरुवात पनि हो । यसै सन्दर्भमा “माघेसकराती राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ । मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौं” भन्ने मूल नारा मनाउन लागिएको संघले जनाएको छ । माघेसकराती चाड विशेष गरी चेलीकोे पर्वको रुपमा मनाइन्छ । यस चाडमा चेलीहरुले मूलको पानी र जमरा स्वरुप जौं को पूmल लिएर  घरको धूरी खाँबोमा पूजा गर्ने गरिन्छ यस दिन छोरी चेलीहरुलाई पूजा गर्ने गरिन्छ । चामलको सेतो टिका र जौं पाटीको फुल लगाई दक्षिणा अनि आर्शिवाद दिने चलन छ । 

माघे सकरातीको दिन छोरी चेलीहरुलाई मिस्रा (उपहार) दिने गरिन्छ घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो ।

यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने आदि गरिन्छ । साँस्कृतिक हिसाबले यस चाड देखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिन देखि बेशीबाट लेक तिर बसाई सर्ने गरिन्छ ।

मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर