• बिहीबार ३-१२-२०७६/Thursday 06-27-2019/ 07:48 am

पोखराबाटै पुनः श्रम स्वीकृति दिन शुरु

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखराबाटै बिहीबारदेखि पुनः श्रम स्वीकृति दिन शुरु भएको छ । वैदेशिक रोजागरीमा जाने कामदारहरुको सहजता लागि पोखराबाटै श्रम स्वीकृति दिन थालिएको छ । श्रममन्त्री गोकर्ण विष्टले दुई जना युवालाई पुन श्रम स्वीकृति दिएको राहदानी दिएर शुरु गरे ।

मन्त्री विष्टले स्याङजाका खड्क बहादुर गुरुङ र नवलपरासीका चन्द्रमान गुरुङलाई राहादानी दिए । चन्द्रमान १८ बर्ष देखी मकाउमा कामका लागि आउने जाने गरेका छन् भने खड्कबहादुर १२ वर्ष देखी दुबही काम लागि आउने जाने गरेका छन् । प्रदेशबाट श्रम स्वीकृति पाएको उनीहरुले खुसि व्यक्त गरे ।

प्रदेशबाटै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि श्रम स्वीकृति जारी गरेको मन्त्री बिष्टले बताए । उनले नेपालमा नै रोजगारी सिर्जना गर्नका लागि सरकार ७ सय ५३ वटै स्थानीय तहमा रोजगार केन्द्र स्थापना गर्न लागेको बताए ।

श्रम स्वीकृति लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख नारायण प्रसाद श्रेष्ठले जानकारी दिए । उनले नयाँ श्रम स्वीकृति भने अहिले नै शुरु नभएको बताए । अहिले पुनः श्रम स्वीकृति मात्रै भएको केही दिन पछि नयाँ श्रम स्वीकृतिको काम पनि पोखराबाटै हुने बताए ।

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि काठमाण्डौ धाउनुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाई थियो । वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो । सेवा सुचारु गर्नका लागि वैदेशिक रोजगार विभागका कम्प्युटर इन्जिनियर र प्राविधिक लगाएतका कर्मचारीहरु पोखरामा थपिएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश पाँच : कृषि अनुदान, कृषि र स्वस्थ्य उपकरण खरिदमा अनियमितताको आंशकामा थप अध्ययन हुने

  • ११ असार, २०७६

बुटवल । प्रदेश पाँचमा कृषि अनुदान,  कृषि र स्वस्थ्य उपकरण खरिदमा अनियमितताको आंशकासगै अध्ययन थालेको सार्वजनिक लेखा समितिले अझ विस्तृतमा छलफल गर्ने

प्रदेशको बजेट पारित हुने टुङ्गो छैन

  • ११ असार, २०७६

कैलाली । सङ्घीय सरकारको बजेट पारित हुँदा प्रदेश सरकारको बजेटमा भने छलफल समेत सुरु भएको छैन । असार १ गते प्रदेश सरकारले प्रस्तुत गरेको बजेट

काठमाडौँ महानगरको बजेट पन्ध्र अर्ब पचास करोड

  • १० असार, २०७६

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु १५ अर्ब ५० करोड ७० लाखको बजेट प्रस्तुत गरेको छ । महानगरको नगरसभाको