• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नम्बर प्लेटको मूल्य मात्रै सय करोड, सोच्नुहोस् कारको मूल्य कति होला ?

एजेन्सी । संयुक्त अरब अमिरातको ‘दुबई’ एक विशेष सहर छ । यहाँका भवन पनि विशेष प्रकारका छन् । यो सहर धन र शौख देखाउने सहर हो । यहाँका धनाढ्य राजकुमार तथा नागरिकहरु महंगा चीजका शौखिन छन् । दुबईको सडकमा अत्याधिक लग्जरी गाडीले रफ्तार लिन्छ । सिमित संस्करणको शानदार कारहरु करोडौँ रुपैयाँ मूल्यका छन् । 

ती गाडीहरुमा लगाइएका नम्बर प्लेट पनि लाखौँदेखि करोडौँका छन् । कुनै विशेष नम्बरका लागि त करोडौँ रुपैयाँ पनि खर्च गर्छन् । दुबईका शौखिन धनाढ्यलाई लाइसेन्स प्लेट नै सबैभन्दा फरक चाहिन्छ भने कार त सबैभन्दा विशेष हुने नै भयो । 

आफ्नो कारलाई सबैभन्दा फरक र विशेष देखाउने लाइसेन्स प्लेटका लागि दुबईका धनाढ्यहरु निक्कै महंगो मूल्य चुकाउन तयार छन् । आकर्षक नम्बर प्लेट पाउनका लागि यहाँ बोली लगाइन्छ र केही धनायढ् नागरिक र राजकुमारहरु त्यसमा भाग लिन्छन् । भिआईपी नम्बरको यस बोलीबाट सरकारलाई करोडौँको आम्दानी हुन्छ । 

३५ वर्षीय मोहम्मद अल मरजुकी भिन्टेज कारको शौखिन छन् । उनले आफ्नो गाडीको विशेष नम्बरका लागि खुल्ला मनले करोडौँ रुपैयाँ खर्च गरेका छन् । 

अल–मरजुकीसँग शानदार र महंगा गाडीको समूह नै छ र ११ विशेष नम्बर प्लेट छन् । उनी आफ्नो लागि चार वटा गाडी प्रयोग गर्छन् र यी सबै गाडीको लाइसेन्स प्लेट भिआईपी छन् । 

रातो रंगको उनको फरारी कारको नम्बर ८८८८ हो । यो उनको गाडीमध्ये कै सबैभन्दा खास नम्बर हो । अल–मरजुकी भन्छन्, ‘मलाई यो ६ लाख दिरहम (एक लाख ६३ हजार ३७६ अमेरिकी डलर अर्थात् करिब एक करोड ८३ लाख रुपैयाँ)मा पाएको थिए ।’

उनीसँग एक अर्को नम्बर प्लेट छ, जसमा पाँच वटा ८ छन् । यो नम्बर प्लेट खरिद्नका लागि अल–मरजुले ९ लाख दिरहम (करिब दुई करोड ७४ लाख रुपैयाँ) खर्च गरेका थिए । उनलाई ८ नम्बर मनपर्ने अंक हो । आफ्नो सबै कारको नम्बर एउटा ८ होस् भन्ने प्रयास गर्छन् । 

अल–मरजूकी एक्लो यस्ता व्यक्ति होइनन् । दुबईका सरकारी अधिकारी यस्ता विशेष नम्बरको लिलामी गर्छन् । यसमा सहरका जो कोही नागरिक भाग लिन सक्छन् । 

अल–मरजुकी भन्छन्, ‘सुपर लग्जरी कारहरु र विशेष नम्बर प्लेट भएको मालिकका प्रति सडकमा मानिसबीच फरक परिचय गराउँछ ।’ 

दुबई र विलासिता एक–अर्का सँगै चल्छन् । संयुक्त अरब अमिरातको यो सहर धनाढ्य शेख र मोटो तलब पाउने विदेशीको सबैभन्दा मनपर्ने सहर हो । सामाजिक सञ्जालमा केही धनाढ्य किशोरकिशोरीहरु आफ्ना महंगा शौख देखाउन पछि पर्दैनन् ।

संयुक्त अरब अमिरातको सबैभन्दा बढी जनसंख्या भएको यस सहरमा विलासिताका हरेक चीज पाइन्छन् । यीमध्ये एक भिआईपी नम्बर प्लेट पनि हो । 

अल–मरजुकीले आफ्नो ल्याम्बोर्गिनीका लागि ८६८६ नम्बर प्लेट किनेका छन् । उनको अर्को फरारी कारको नम्बर ५५६०८ हो । उनि भन्छन्, ‘पहिले यो शौख थियो, तर अब यसले एक व्यापारको रुप लिएको छ । मेरो आफ्नो सामाजिक सञ्जाल प्रोफाइलमा फलोअर्सको संख्या देखेर म अचम्म पर्छु । 

अल–मरजुकीले सबैभन्दा पहिलो खरिद गरेको विशेष लाइसेन्स प्लेट नम्बर ८८८ थियो । त्यसपछि उनले ८ सँग जोडिएका हरेक स्पेशल नम्बर किन्न चाहान्छन् । उनी भन्छन्, ‘म त्यसलाई खरिद गर्न कुनै संकोच मान्दिन । हरेक विशेष चीज मेरो होस् भन्ने म चाहान्छु ।’ बिबीसी
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर